दैनिक समाचारदाता
राजविराज, १२ गते ।
रुपनी गाउँपालिका वडा नं. ५ स्थित गजेन्द्रनारायण सिह औधोगिक क्षेत्रमा यही बैशाख २१ गतेदेखि श्री सीताराम नाम १०८ मण्डपीय संकिर्तन एवं रामचरित मानस महायक्षको आयोजना हुने भएको छ ।
शुक्रवार महायज्ञस्थल मै पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले बैशाख २१ गतेदेखी २९ गते ९ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुका साथै साधु–सन्तहरुको व्यापक सहभागिता हुने जनाएको छ । १५ लाखभन्दा बढी भक्तजनआउने विश्वास गरिएको आयोजक समितिका अध्यक्ष गणपैत पण्डित कुम्हारले बताए ।
विश्व शान्ति, मानव कल्याण, औधौगिक क्षेत्रको विकास तथा उधोगीहरुलाई आकर्षित गर्ने कामनाका साथ आयोजना गर्न लागिएको महायज्ञमा अनुमानित लागत ३ करोड ३६ लाख रहेको आयोजक समितिका सहअध्यक्ष समेत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
यज्ञकर्ता एवं संरक्षक जगत नन्दन दासजी (पगलाबाबा) ले महायज्ञमा भारतका शंकरार्चाय पिठाधिश जगत गूरु शारदानन्द सरस्वतीका साथै नेपाल तथा भारतका प्रख्यात संन्तहरुबाट कथावाचन हुने कार्यक्रम रहेको जानकारी दिदै महायज्ञ सफल बनाउन सबैसंग आग्रह गरे ।
महायज्ञ भब्य बनाउनका लागी धार्मिक प्रवचन, रासलिला, रामलिला, झुला खेलसहित मनोरंजनका विभिन्न कार्यक्रमहरु आयोजना हुने जिल्ला समन्वय समितीका उपप्रमुख एवं महायज्ञ आयोजक समितिका सदस्य शम्भु प्रसाद यादवले जानकारी दिए ।
महायज्ञस्थलमा अहिले पुजा विधीका लागी फुँसका १००८ वटा मण्डप बनाइएको छ भने विभिन्न देवी देउताका १०८ वटा मुर्ती बनाउने काम धमाधम चलिरहेको छ । महायज्ञ भब्य बनाउन विभिन्न ९ वटा उपसमितीहरु समेत बनाइएको छ ।
पत्रकार सम्मेलनमा समाजसेवी गजेन्द्र मण्डल, दिपेन्द्र चौधरी, प्रदिप यादव, वडाअध्यक्ष जबाहर यादव, गंगाराम यादव, खोनेपानी कार्यालयका प्रमुख एवं महायज्ञ व्यवस्थापन उपसमितिका संयोजक राजाराम यादवले महायज्ञको तयारी बारे जानकारी गराएका थिए ।
महायज्ञको उद्घाटनका दिन १० हजार महिलाको सहभागितामा कलश यात्रा निकाल्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ ।
औधोगीक क्षेत्रको विकास तथा उधोगीलाई आर्कषित गर्न महायज्ञ हुँदै
सारांश
- शुक्रवार महायज्ञस्थल मै पत्रकार सम्मेलनको आयोजना गरी आयोजक समितिले बैशाख २१ गतेदेखी २९ गते ९ दिन सम्म चल्ने उक्त महायज्ञमा नेपाल तथा भारतका विभिन्न धर्मगुरुका साथै साधु–सन्तहरुको व्यापक सहभागिता हुने जनाएको छ ।
- १५ लाखभन्दा बढी भक्तजनआउने विश्वास गरिएको आयोजक समितिका अध्यक्ष गणपैत पण्डित कुम्हारले बताए ।
- विश्व शान्ति, मानव कल्याण, औधौगिक क्षेत्रको विकास तथा उधोगीहरुलाई आकर्षित गर्ने कामनाका साथ आयोजना गर्न लागिएको महायज्ञमा अनुमानित लागत ३ करोड ३६ लाख रहेको आयोजक समितिका सहअध्यक्ष समेत रहेका रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया