‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 

राजविराज राजविराज
|
मंगलबार, चैत्र १९, २०८१
|
|
७६ पटक हेरिएको
Shares
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार पत्रकार र संचार गृहको सुरक्षामा राज्यको दायित्व विषयमा पेशागत संघ संगठनसंग गरेको अन्तरक्रियामा सहभागिहरुले यस्तो जोड दिएका हुन् ।
  •       काठमाडौंमा शुक्रबार मारिएका पत्रकार सुरेश रजक र तथा संचारगृहमा भएको आक्रमण विरुद्ध आन्दोलनमा उत्रेका पत्रकार महासंघले पेशागत संघ संगठनसंग अन्तरक्रियाको आयोजना गरेको हो ।
  • आयोजित अन्तरक्रियामा वक्ताहरुले परिवर्तनको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पत्रकारहरु माथि पटक–पटक आक्रमण हुँदै आएकोले उनीहरुको सुरक्षाका लागि छुट्टै कडा कानुन ल्याउनुपर्नेमा वक्ताहरुले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ चैत । 

    पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्नेमा राजविराजमा मंगलबार आयोजित एक अन्तरक्रियाका सहभागिहरुले जोड दिएका छन् ।  
    नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार पत्रकार र संचार गृहको सुरक्षामा राज्यको दायित्व विषयमा पेशागत संघ संगठनसंग गरेको अन्तरक्रियामा सहभागिहरुले यस्तो जोड दिएका हुन् । 
    काठमाडौंमा शुक्रबार मारिएका पत्रकार सुरेश रजक र तथा संचारगृहमा भएको आक्रमण विरुद्ध आन्दोलनमा उत्रेका पत्रकार महासंघले पेशागत संघ संगठनसंग अन्तरक्रियाको आयोजना गरेको हो । आयोजित अन्तरक्रियामा वक्ताहरुले परिवर्तनको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पत्रकारहरु माथि पटक–पटक आक्रमण हुँदै आएकोले उनीहरुको सुरक्षाका लागि छुट्टै कडा कानुन ल्याउनुपर्नेमा वक्ताहरुले बताए । 
    कार्यक्रममा बोल्दै सप्तरी जिल्ला वार एशोसिएशनका सचिव राम एकवाल मंडलले जनताको मौलिक हक र मानव अधिकारको संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संचारकर्मीहरुको सुरक्षाका लागि छुट्टै कानुन ल्याउनु आवश्यक रहेको बताए । उनले संचारकर्मीहरुले अराजकता र भ्रष्टाचार विरुद्ध कलम चलाउने गरेकै कारण असुरक्षित हुँदै गएकोले कानुन ल्याउन सरकार संग माग गरे । 
    प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष उमेश कुमार यादवले जनतालाई सूचना समाचार दिन अहोरात्र खटिने पत्रकारलाई सुरक्षा दिन राज्य संग माग गरे । गणतन्त्र स्थापनाका लागि पत्रकारहरुले निर्वाह गरेको भूमिका स्मरण गर्दै उनले पत्रकारको सुरक्षाप्रति संम्वेदनशील भएर राज्यले कानुन ल्याउनु पर्ने जिकिर गरे ।
    नेपाल पत्रकार महासंघ सप्तरीका पुर्वअध्यक्ष बैद्यनाथ झा तथा पुर्वअध्यक्ष मुरली प्रसाद यादवले पत्रकार र संचारगृहको सुरक्षा गर्ने दायित्व कसको ? भन्ने प्रश्न उठाए । सुनियोजित रुपमा सुरेश रजकको निर्मम हत्या भएपनि अहिले सम्म संलग्न व्यक्ति पक्राउ नपर्नु राज्यको कमजोरी भएको उनीहरुको कथन छ । 
    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार एवं अधिकारकर्मी मनोहर पोखरेल, नेपाल प्रेस युनिययनका अध्यक्ष विनय कुमार लाल कर्ण र नेपाल प्रेस मञ्चका अध्यक्ष भूषण कुमार सिंहले पत्रकारको निर्मम हत्या गर्ने, घाईते बनाउने र संचारगृहमा आक्रमण गर्ने उपर अविलम्ब सरकारले पक्राउ गरि कारवाही अगाडी बढाउन तथा घट्नाबाट पीडित बनेकाहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन माग गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी