‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 

राजविराज राजविराज
|
मंगलबार, चैत्र १९, २०८१
|
|
४४ पटक हेरिएको
Shares
‘पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्छ’ 

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार पत्रकार र संचार गृहको सुरक्षामा राज्यको दायित्व विषयमा पेशागत संघ संगठनसंग गरेको अन्तरक्रियामा सहभागिहरुले यस्तो जोड दिएका हुन् ।
  •       काठमाडौंमा शुक्रबार मारिएका पत्रकार सुरेश रजक र तथा संचारगृहमा भएको आक्रमण विरुद्ध आन्दोलनमा उत्रेका पत्रकार महासंघले पेशागत संघ संगठनसंग अन्तरक्रियाको आयोजना गरेको हो ।
  • आयोजित अन्तरक्रियामा वक्ताहरुले परिवर्तनको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पत्रकारहरु माथि पटक–पटक आक्रमण हुँदै आएकोले उनीहरुको सुरक्षाका लागि छुट्टै कडा कानुन ल्याउनुपर्नेमा वक्ताहरुले बताए ।

दैनिक समाचारदाता
राजविराज, १९ चैत । 

    पत्रकारहरुको सुरक्षाका लागि राज्यले छुट्टै कानुन ल्याउनुपर्नेमा राजविराजमा मंगलबार आयोजित एक अन्तरक्रियाका सहभागिहरुले जोड दिएका छन् ।  
    नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार पत्रकार र संचार गृहको सुरक्षामा राज्यको दायित्व विषयमा पेशागत संघ संगठनसंग गरेको अन्तरक्रियामा सहभागिहरुले यस्तो जोड दिएका हुन् । 
    काठमाडौंमा शुक्रबार मारिएका पत्रकार सुरेश रजक र तथा संचारगृहमा भएको आक्रमण विरुद्ध आन्दोलनमा उत्रेका पत्रकार महासंघले पेशागत संघ संगठनसंग अन्तरक्रियाको आयोजना गरेको हो । आयोजित अन्तरक्रियामा वक्ताहरुले परिवर्तनको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएका पत्रकारहरु माथि पटक–पटक आक्रमण हुँदै आएकोले उनीहरुको सुरक्षाका लागि छुट्टै कडा कानुन ल्याउनुपर्नेमा वक्ताहरुले बताए । 
    कार्यक्रममा बोल्दै सप्तरी जिल्ला वार एशोसिएशनका सचिव राम एकवाल मंडलले जनताको मौलिक हक र मानव अधिकारको संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको संचारकर्मीहरुको सुरक्षाका लागि छुट्टै कानुन ल्याउनु आवश्यक रहेको बताए । उनले संचारकर्मीहरुले अराजकता र भ्रष्टाचार विरुद्ध कलम चलाउने गरेकै कारण असुरक्षित हुँदै गएकोले कानुन ल्याउन सरकार संग माग गरे । 
    प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष उमेश कुमार यादवले जनतालाई सूचना समाचार दिन अहोरात्र खटिने पत्रकारलाई सुरक्षा दिन राज्य संग माग गरे । गणतन्त्र स्थापनाका लागि पत्रकारहरुले निर्वाह गरेको भूमिका स्मरण गर्दै उनले पत्रकारको सुरक्षाप्रति संम्वेदनशील भएर राज्यले कानुन ल्याउनु पर्ने जिकिर गरे ।
    नेपाल पत्रकार महासंघ सप्तरीका पुर्वअध्यक्ष बैद्यनाथ झा तथा पुर्वअध्यक्ष मुरली प्रसाद यादवले पत्रकार र संचारगृहको सुरक्षा गर्ने दायित्व कसको ? भन्ने प्रश्न उठाए । सुनियोजित रुपमा सुरेश रजकको निर्मम हत्या भएपनि अहिले सम्म संलग्न व्यक्ति पक्राउ नपर्नु राज्यको कमजोरी भएको उनीहरुको कथन छ । 
    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार एवं अधिकारकर्मी मनोहर पोखरेल, नेपाल प्रेस युनिययनका अध्यक्ष विनय कुमार लाल कर्ण र नेपाल प्रेस मञ्चका अध्यक्ष भूषण कुमार सिंहले पत्रकारको निर्मम हत्या गर्ने, घाईते बनाउने र संचारगृहमा आक्रमण गर्ने उपर अविलम्ब सरकारले पक्राउ गरि कारवाही अगाडी बढाउन तथा घट्नाबाट पीडित बनेकाहरुलाई क्षतिपूर्ती उपलब्ध गराउन माग गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?