राजविराज÷डिभिजन वन कार्यालय सप्तरीले चोरी सिकारी गरी मारिएका दुईवटा हरिणको मासु शनिबार नष्ट गरेको छ ।
चोरी सिकारी गरी मारिएका दुईवटा हरिणको अखेटोपहार (ताजा मासु) प्रहरी, पत्रकार, वन कर्मचारी तथा स्थानीय भरभलादमीको रोहबरमा रूपनी गाउँपालिकास्थित शम्भुनाथ सबडिभिजन वन कार्यालय परिसरमा खाल्डो खनी पुरिएर नष्ट गरिएको हो ।
यसअघि दुई वटा हरिण मारेको आरोपमा प्रहरीले शुक्रबार राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई पक्राउ गरेको थियो ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न झालाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले हरिणको अखेटोपहार (ताजा मासु) ३५ किलो, १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
उनीमाथि वन ऐन २०७६ ले निर्दिष्ट गरेको व्यवस्था बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले जानकारी दिए ।
चोरी सिकारी गरि मारिएका दुई वटा हरिणको मासु वन कार्यालयद्वारा नष्ट
सारांश
- जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न झालाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले हरिणको अखेटोपहार (ताजा मासु) ३५ किलो, १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
- उनीमाथि वन ऐन २०७६ ले निर्दिष्ट गरेको व्यवस्था बमोजिम कानुनी प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया