दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरिको कंचनरुप नगरपालिका वडा नं. ४ जगतपुरमा सुरक्षित खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ ।
कंचनरूप नगरपालिका प्रमुख वसन्त कुमार मिश्रले जगतपुरमा खानेपानी धाराको शुभआरम्भ गर्दै सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको घोषणा गरेका छन् ।
कंचनरुप नगरपालिका, युनिसेफ र समुदायको सहयोगमा ३५ घनमिटर क्षमता भएको पानीटंकी निर्माण गरी पाइपलाईनबाट घर–घरमा स्वच्छ खानेपानी पुगेको नगरप्रमुख मिश्रले बताए । फूसको घरमा ट्युबवेल जडान गर्ने क्षमता नभएको बेला आंगनमै धारा जडान भई पानी आउन थालेपछि जगतपुरबासी निकै खुशी भएको वडा अध्यक्ष रामनारायण प्रसाद साहले बताए ।
जगतपुरका १ सय ७४ घरधुरी, १ स्वास्थ्य संस्था, १ बिद्यालय र १ वडा कार्यालय लक्षित गरी युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा ३५ घनमिटर क्षमताको पानीटंकी तथा पाइप जडान कार्य गरि सबैको घरमा खानेपानी उपल्ब्ध पुगेको नगरप्रमुख मिश्रले जानकारी दिए ।
आयोजनाका लागि युनिसेफले ६० लाख २३ हजार, कंचनरुप नगरपालिकाले १२ लाख ४ हजार र समुदायले ८ लाख ३० हजारको सहयोगमा निर्माण गरिएको हो ।
सो अवसरमा कंचनरूप नगरपालिका उपप्रमुख निरू पोखरेल, वडा ४ का अध्यक्ष रामनारायण प्रसाद साह, युनिसेफ नेपालका प्रतिनिधि मेघराज मगर, रोशन गुप्ता, छोडली डोल्मा मगर, तथा सहजिकरण गर्ने सस्था अरुणोदय युवा क्लबका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
सारांश
- कंचनरूप नगरपालिका प्रमुख वसन्त कुमार मिश्रले जगतपुरमा खानेपानी धाराको शुभआरम्भ गर्दै सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको घोषणा गरेका छन् ।
- कंचनरुप नगरपालिका, युनिसेफ र समुदायको सहयोगमा ३५ घनमिटर क्षमता भएको पानीटंकी निर्माण गरी पाइपलाईनबाट घर–घरमा स्वच्छ खानेपानी पुगेको नगरप्रमुख मिश्रले बताए ।
- फूसको घरमा ट्युबवेल जडान गर्ने क्षमता नभएको बेला आंगनमै धारा जडान भई पानी आउन थालेपछि जगतपुरबासी निकै खुशी भएको वडा अध्यक्ष रामनारायण प्रसाद साहले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया