दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरिको कंचनरुप नगरपालिका वडा नं. ४ जगतपुरमा सुरक्षित खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गरिएको छ ।
कंचनरूप नगरपालिका प्रमुख वसन्त कुमार मिश्रले जगतपुरमा खानेपानी धाराको शुभआरम्भ गर्दै सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको घोषणा गरेका छन् ।
कंचनरुप नगरपालिका, युनिसेफ र समुदायको सहयोगमा ३५ घनमिटर क्षमता भएको पानीटंकी निर्माण गरी पाइपलाईनबाट घर–घरमा स्वच्छ खानेपानी पुगेको नगरप्रमुख मिश्रले बताए । फूसको घरमा ट्युबवेल जडान गर्ने क्षमता नभएको बेला आंगनमै धारा जडान भई पानी आउन थालेपछि जगतपुरबासी निकै खुशी भएको वडा अध्यक्ष रामनारायण प्रसाद साहले बताए ।
जगतपुरका १ सय ७४ घरधुरी, १ स्वास्थ्य संस्था, १ बिद्यालय र १ वडा कार्यालय लक्षित गरी युनिसेफ, कंचनरुप नगरपालिका र समुदायको सहयोगमा ३५ घनमिटर क्षमताको पानीटंकी तथा पाइप जडान कार्य गरि सबैको घरमा खानेपानी उपल्ब्ध पुगेको नगरप्रमुख मिश्रले जानकारी दिए ।
आयोजनाका लागि युनिसेफले ६० लाख २३ हजार, कंचनरुप नगरपालिकाले १२ लाख ४ हजार र समुदायले ८ लाख ३० हजारको सहयोगमा निर्माण गरिएको हो ।
सो अवसरमा कंचनरूप नगरपालिका उपप्रमुख निरू पोखरेल, वडा ४ का अध्यक्ष रामनारायण प्रसाद साह, युनिसेफ नेपालका प्रतिनिधि मेघराज मगर, रोशन गुप्ता, छोडली डोल्मा मगर, तथा सहजिकरण गर्ने सस्था अरुणोदय युवा क्लबका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको शुभारम्भ
सारांश
- कंचनरूप नगरपालिका प्रमुख वसन्त कुमार मिश्रले जगतपुरमा खानेपानी धाराको शुभआरम्भ गर्दै सुरक्षित स्वच्छ खानेपानी युक्त बस्तीको घोषणा गरेका छन् ।
- कंचनरुप नगरपालिका, युनिसेफ र समुदायको सहयोगमा ३५ घनमिटर क्षमता भएको पानीटंकी निर्माण गरी पाइपलाईनबाट घर–घरमा स्वच्छ खानेपानी पुगेको नगरप्रमुख मिश्रले बताए ।
- फूसको घरमा ट्युबवेल जडान गर्ने क्षमता नभएको बेला आंगनमै धारा जडान भई पानी आउन थालेपछि जगतपुरबासी निकै खुशी भएको वडा अध्यक्ष रामनारायण प्रसाद साहले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया