मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै

राजविराज राजविराज
|
सोमबार, जेठ १५, २०८०
|
|
९६ पटक हेरिएको
Shares
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै

सारांश

  •     सोमबार बसेको जिल्ला भेलाले राजविराज ९ मलेठ निवासी रामकिसुन यादवको अध्यक्षतामा साहु महाजन पीडित संघर्ष समिति गठन गरिएको छ ।
  •       पहिलो चरणको भेलाले अध्यक्ष चयन गरेपछि आगामी जेठ १९ गते जिल्ला भरिका साहु महाजनको बृहत भेलाबाट संघर्ष समितिलाई बिस्तार र पूर्णता प्रदान गरिने जनाइएको छ ।
  • समस्यामा परेका बेला सहयोग लिने तर, तिर्ने बेला मिटर ब्याजी भनेर प्रहरीमा निवेदन दिने अवसरवादीहरु बिरुद्ध अब हाम्रो पनि आन्दोलन सुरु हुन्छ अध्यक्ष यादवले भने ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ । 

    मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि सरकारले अध्ययादेश ल्याएपछि अब सप्तरीका साहु महाजनहरु पनि त्यसका बिरुद्ध तातेका छन् । 
    सोमबार बसेको जिल्ला भेलाले राजविराज ९ मलेठ निवासी रामकिसुन यादवको अध्यक्षतामा साहु महाजन पीडित संघर्ष समिति गठन गरिएको छ । 
    पहिलो चरणको भेलाले अध्यक्ष चयन गरेपछि आगामी जेठ १९ गते जिल्ला भरिका साहु महाजनको बृहत भेलाबाट संघर्ष समितिलाई बिस्तार र पूर्णता प्रदान गरिने जनाइएको छ । समस्यामा परेका बेला सहयोग लिने तर, तिर्ने बेला मिटर ब्याजी भनेर प्रहरीमा निवेदन दिने अवसरवादीहरु बिरुद्ध अब हाम्रो पनि आन्दोलन सुरु हुन्छ अध्यक्ष यादवले भने ।
    पहिलो भेलामा जिल्लाका ६६ जना साहु महाजन सहभागि भएका थिए । उनीहरुले आगामी १९ गते हुने बहृत भेला पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउने तयारी समेत गरेको उनले बताए ।
    सरकारले मिटरब्याजी पीडितको समस्या समाधानको नाममा र दबाबमा अध्यादेशमार्फत कानुन ल्याएर निर्दोष साहु महाजनलाई समेत उठिबास र बदनाम गराउन खोजेको भन्दै उनीहरुले संगठित रुपमा आवाज उठाउन संघर्ष समिति गठन गरिएको जनाएका छन् । 
    उनीहरुले लगानी गर्न चाहने इच्छुक साहु महाजनलाई १० प्रतिशत ब्याजमा ऋण लगानी गर्न पाउने यसअघि दिइएको अधिकारलाई निरन्तरता दिनु पर्ने तथा साहु महाजनलाई अनावश्यक दुःख दिने नियतले ल्याइएको कानुनको धारा २४९(क) को खारेजीको माग समेत गरेका छन् । 
    सरकारले मिटर ब्याजबाट पीडित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालयको उजुरी शाखामा आवेदन दिन आह्वान गरेपछि हालसम्म एक हजार भन्दा बढी उजुरी परिसकेको बताइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?