दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि सरकारले अध्ययादेश ल्याएपछि अब सप्तरीका साहु महाजनहरु पनि त्यसका बिरुद्ध तातेका छन् ।
सोमबार बसेको जिल्ला भेलाले राजविराज ९ मलेठ निवासी रामकिसुन यादवको अध्यक्षतामा साहु महाजन पीडित संघर्ष समिति गठन गरिएको छ ।
पहिलो चरणको भेलाले अध्यक्ष चयन गरेपछि आगामी जेठ १९ गते जिल्ला भरिका साहु महाजनको बृहत भेलाबाट संघर्ष समितिलाई बिस्तार र पूर्णता प्रदान गरिने जनाइएको छ । समस्यामा परेका बेला सहयोग लिने तर, तिर्ने बेला मिटर ब्याजी भनेर प्रहरीमा निवेदन दिने अवसरवादीहरु बिरुद्ध अब हाम्रो पनि आन्दोलन सुरु हुन्छ अध्यक्ष यादवले भने ।
पहिलो भेलामा जिल्लाका ६६ जना साहु महाजन सहभागि भएका थिए । उनीहरुले आगामी १९ गते हुने बहृत भेला पश्चात् प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउने तयारी समेत गरेको उनले बताए ।
सरकारले मिटरब्याजी पीडितको समस्या समाधानको नाममा र दबाबमा अध्यादेशमार्फत कानुन ल्याएर निर्दोष साहु महाजनलाई समेत उठिबास र बदनाम गराउन खोजेको भन्दै उनीहरुले संगठित रुपमा आवाज उठाउन संघर्ष समिति गठन गरिएको जनाएका छन् ।
उनीहरुले लगानी गर्न चाहने इच्छुक साहु महाजनलाई १० प्रतिशत ब्याजमा ऋण लगानी गर्न पाउने यसअघि दिइएको अधिकारलाई निरन्तरता दिनु पर्ने तथा साहु महाजनलाई अनावश्यक दुःख दिने नियतले ल्याइएको कानुनको धारा २४९(क) को खारेजीको माग समेत गरेका छन् ।
सरकारले मिटर ब्याजबाट पीडित भएकाहरुलाई जिल्ला प्रशासन कार्यालयको उजुरी शाखामा आवेदन दिन आह्वान गरेपछि हालसम्म एक हजार भन्दा बढी उजुरी परिसकेको बताइएको छ ।
मिटरब्याजी पीडितपछि अब पीडित साहु महाजन पनि तातिदै
सारांश
- सोमबार बसेको जिल्ला भेलाले राजविराज ९ मलेठ निवासी रामकिसुन यादवको अध्यक्षतामा साहु महाजन पीडित संघर्ष समिति गठन गरिएको छ ।
- पहिलो चरणको भेलाले अध्यक्ष चयन गरेपछि आगामी जेठ १९ गते जिल्ला भरिका साहु महाजनको बृहत भेलाबाट संघर्ष समितिलाई बिस्तार र पूर्णता प्रदान गरिने जनाइएको छ ।
- समस्यामा परेका बेला सहयोग लिने तर, तिर्ने बेला मिटर ब्याजी भनेर प्रहरीमा निवेदन दिने अवसरवादीहरु बिरुद्ध अब हाम्रो पनि आन्दोलन सुरु हुन्छ अध्यक्ष यादवले भने ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया