राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन

राजविराज राजविराज
|
शुक्रबार, चैत्र ९, २०८०
|
|
६३ पटक हेरिएको
Shares
राजविराजमा काठ बिक्री डिपो कार्यालय पुनःसंचालन

सारांश

  •     राजविराज नगरपालिका ८ मा खोलिएको उक्त कार्यालयको एक समारोह बीच मन्त्रि साहले उद्घाटन गरेपछि विधिवत संचालनमा आएको छ ।
  •     उद्घाटनकै दिन शुक्रवार उक्त डिपोबाट १ लाख भन्दा बढीको काठ बिक्री भएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष दासले जानकारी दिएका छन् ।
  • काठ खरीद गर्ने पहिलो ग्राहक रहेका राजविराज नगरपालिका १३ विषयहरियाका पाण्डु रजकलाई मन्त्रि साहले स्वयं बिल हस्तान्तरण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, ९ चैत ।

    काठ विक्री डिपो कार्यालय शुक्रवारदेखि राजविराजमा पुनः संचालनमा आएको छ । २५ वर्ष पहिले राजविराजबाट हटाइएको उक्त डिपो कार्यालयको संघीय वन तथा वातावरण मन्त्री नवलकिशोर साहले उद्घाटन गरेका छन् । 
    राजविराज नगरपालिका ८ मा खोलिएको उक्त कार्यालयको एक समारोह बीच मन्त्रि साहले उद्घाटन गरेपछि विधिवत संचालनमा आएको छ ।
    उद्घाटनकै दिन शुक्रवार उक्त डिपोबाट १ लाख भन्दा बढीको काठ बिक्री भएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सुभाष दासले जानकारी दिएका छन् । काठ खरीद गर्ने पहिलो ग्राहक रहेका राजविराज नगरपालिका १३ विषयहरियाका पाण्डु रजकलाई मन्त्रि साहले स्वयं बिल हस्तान्तरण गरेका थिए । 
    सो अवसरमा मन्त्रि साहले यस क्षेत्रका जनताको २५ वर्षको पर्खाइ पुरा भएको भन्दै नेपाल सरकारको मातहतमा रहेको नेपाल वन निगम लिमिटेडको काठ विक्री डिपो कार्यालय संचालन भएपछि सर्वसाधारणले राहात पाउने विश्वास व्यक्त गरे ।
    मन्त्रिको पदभार ग्रहण गरेपछि पहिलो पल्ट गृह जिल्ला आएका उनले आफुलाई जनताको सेवक भएको बताउँदै सेवा गर्ने उद्देश्यले नै मन्त्रि पदको जिम्मेवारीमा पुगेको बताए । २५ वर्ष अघि तत्कालिन मन्त्रि एवम् मधेशवादी नेता गजेन्द्र नारायण सिंहको पालामा यहाँ वन मन्त्रालयले काठ बिक्री डिपो कार्यालय संचालनमा ल्याएको थियो । तर उनी पदबाट हटेपछि उक्त डिपो कार्यालय सिराहाको लहान सारिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
गाउँका सम्पूर्ण घरधुरीलाई ब्लायङकेट बितरण
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
प्रदेश २ सरकारको “बेटी पढाउ,  बेटी बचाउ” अभियान सहनिय
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
क्षेत्री दम्पत्तिले घर जग्गा फिर्ता पाउने
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ 
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
बैशाख १ मा जन्मेका वरिष्ठ उद्योगपति काबराको सोही दिन निधन
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
हुलाकी सडक खण्डको काम सूचारु गराउन आइतबार बिहानैदेखी सिरहा  रोडमा डोजर चल्ने
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
२८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना