दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
चार दिवसीय लोक आस्थाको महापर्व छठको तेश्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ । यसका लागि विभिन्न जलाशयहरु सरसफाई तथा सजावट गरि पूजाको सम्पूर्ण तयारी पुरा भएको छ ।
यसअघि दोश्रो दिन बुधवार खरना विधि गरिएको छ । विहान पवित्र स्नान गरी दिनभर निराहार उपवास (व्रत) वसेर राती सक्खरमा पकाइएको खिर कुल देवता र छठी देवीलाई चढाई ब्रतालुले त्यही खिर प्रसादका रुपमा ग्रहण गरी खरना विधी गरिएको थियो ।
पर्वको पहिलो दिन नहाए खाए गरि सुरु गरिएपछि दोश्रो दिन खरना, तेश्रो दिन सझिया घाट (अस्ताउदो सुर्यलाई अर्घ) र शुक्रवार विहान उदाउँदो सुर्यलाई अर्घ दिए पश्चात चार दिवसीय छठ पर्व सम्पन्न हुनेछ ।
यता ब्रतालु परिवारका सदस्य तथा भक्तजन छठ घाट सरसफाई तथा सिंगार्न ब्यस्त भएका छन । विगत दुई दिनदेखि ताल तलाउ र पोखरीको पुजाघाट सिंगार्न स्थानीयहरुले बिहीबार पनि साजसजावटलाई अन्तिम रुप दिन तथा पोखरीहरुलाई झकिझकाउ बनाउन व्यस्त देखिएका छन ।
यसैबीच छठ पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन बुधवार जनप्रतिनिधी तथा सुरक्षा निकायका प्रमुखहरु सम्मिलित टोलीले जिल्लामा छठ पर्व हुने प्रमुख जलाशयहरुको निरीक्षण गरेका छन ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बरख गणका गणपती रमेश पाण्डे, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा लगायतको टोलीले छठ पर्व मनाइने जलाशय र पुजास्थलहरुको निरीक्षण गरी सुरक्षा प्रबन्ध बारे छलफल समेत गरेका छन ।
सो क्रममा छठ पर्वको मनाउने पुजास्थलहरुमा भीड व्यवस्थापन तथा सुरक्षाका लागी विशेष सुरक्षा व्यवस्था मिलाउन लागिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
छठ पुजास्थलहरुमा आपराधीक गतिविधी नियन्त्रण तथा भक्तजनले ढुक्क भएर छठ पर्व मनाउने गरी सुरक्षा व्यवस्थापनका लागी आवश्यक तयारी मिलाउन लागिएको उनको भनाई छ ।
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
सारांश
- यसअघि दोश्रो दिन बुधवार खरना विधि गरिएको छ ।
- विहान पवित्र स्नान गरी दिनभर निराहार उपवास (व्रत) वसेर राती सक्खरमा पकाइएको खिर कुल देवता र छठी देवीलाई चढाई ब्रतालुले त्यही खिर प्रसादका रुपमा ग्रहण गरी खरना विधी गरिएको थियो ।
- पर्वको पहिलो दिन नहाए खाए गरि सुरु गरिएपछि दोश्रो दिन खरना, तेश्रो दिन सझिया घाट (अस्ताउदो सुर्यलाई अर्घ) र शुक्रवार विहान उदाउँदो सुर्यलाई अर्घ दिए पश्चात चार दिवसीय छठ पर्व सम्पन्न हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया