दैनिक समाचारदाता
राजविराज, १३ कात्तिक ।
राजविराज ६ स्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा भएको आशादेवी देवको हत्या र सो हत्या सम्बन्धमा प्रहरीले हिरासतमा लिई विक्कि मेहतरलाई यातना दिएको बिरोधमा मंगलबार राजविराजमा प्रदर्शन गरिएको छ ।
राजविराज ६ निवासी आशादेवी देवको हत्यामा संलग्न रहेको भन्दै सप्तरी प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको भोली पल्टै सो हत्या र प्रहरीले यातना दिएको विषयमा उच्च स्तरिय छानविन समिति गठन गर्न माँग गर्दै प्रदर्शन गरिएको हो ।
मधेशी महिला वकालत मंच नेपाल, महिला अधिकार मंच सप्तरी र नेपाल राउत मेहतर उत्थान समाज सप्तरीले संयुक्त रुपमा दबाबमूलक ¥याली निकाल्दै एसपी, डिएसपी र इन्स्पेक्टरलाई कारवाहीको माँग समेत गरेको छ ।
यता मेहतर समाजका अध्यक्ष मनोज मेहतरले प्रहरीले विक्कि यादवलाई हिरासतमा लिई देवको हत्याको जिम्मेवारी लिन चरम यातना दिएको आरोप लगाए ।
यसअघि प्रहरीले देव हत्यामा संलग्नता रहेको भन्दै राजविराज ६ बस्ने ३२ वर्षिय शंकर मेहतर, २६ वर्षिय सुरज मेहतर, ३० वर्षिया चनरदेवी मेहतर र ३५ वर्षिया मुन्नीदेवी साहलाई नियन्त्रणमा लिई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार हत्या व्यक्तिगत रिसिइबीका कारण भएको दाबी गर्दैै हत्यामा संलग्न रहेकाहरुले मृतक देवको अनुहारमा ईटा प्रहार गरि हत्या गरेको जानकारी दिए ।
१८ वर्षअघि पतिसँग सम्वन्ध विछेद गरेकी देवको गत कात्तिक २ गते दशैंको टिकाको दिन आफ्नै निवासमा हत्या भएको थियो । उनको कुनै सन्तान छैन भने उनी घरमा एक्लै वस्दै आएकी थिईन ।
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग
सारांश
- राजविराज ६ निवासी आशादेवी देवको हत्यामा संलग्न रहेको भन्दै सप्तरी प्रहरीले सोमबार चार जनालाई सार्वजनिक गरेको भोली पल्टै सो हत्या र प्रहरीले यातना दिएको विषयमा उच्च स्तरिय छानविन समिति गठन गर्न माँग गर्दै प्रदर्शन गरिएको हो ।
- मधेशी महिला वकालत मंच नेपाल, महिला अधिकार मंच सप्तरी र नेपाल राउत मेहतर उत्थान समाज सप्तरीले संयुक्त रुपमा दबाबमूलक ¥याली निकाल्दै एसपी, डिएसपी र इन्स्पेक्टरलाई कारवाहीको माँग समेत गरेको छ ।
- यता मेहतर समाजका अध्यक्ष मनोज मेहतरले प्रहरीले विक्कि यादवलाई हिरासतमा लिई देवको हत्याको जिम्मेवारी लिन चरम यातना दिएको आरोप लगाए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया