दैनिक समाचारदाता
राजविराज, १४ असार ।
डिभिजन वन कार्यालय सप्तरीले चुरेक्षेत्र संरक्षणका लागी एकिकृत योजना तयार गरी चुरेक्षेत्रमा बिरुवा रोप्ने अभियान चलाएको छ ।
राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर मंगलवारदेखी डिभिजन वन कार्यालयले चुरे क्षेत्रमा बिरुवा रोप्ने अभियान शूरु गरेको हो ।
मंगलबार सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित देवदह खोला छेऊमा रहेको सरहा र वैयरवन वनक्षेत्रमा २ हजार भन्दा बढी बिरुवा रोपेर अभियानको शूभारम्भ गरेको छ ।
डिभिजन वन कार्यालय सप्तरी प्रमुख हेमन्त साह, वन कर्मचारी, सराहा सकसल सामुदायीक वन र वयरवन सामुदायीक वनका पदाधीकारी, संचारकर्मी तथा सरोकारवालको सहभागिताकामा २ वर्षे कलमी बाँस र महगनीका गरी २ हजार बिरुवा रोपिएको हो ।
त्यस क्षेत्रमा सामुदायीक वनलाई सकृय समेत बनाएर चुरे क्षेत्र, वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न एकिकृत योजना तयार गरी पहिलो चरणमा वन क्षेत्र घेरवार र बिरुवा रोप्ने अभियान चलाइएको डिभिजन प्रमुख साहले बताए ।
सप्तरीको कुल क्षेत्र मध्ये २१ हजार १ सय ३६ हेक्टर जमिन वन क्षेत्रमा पर्दछ । जिल्लामा वन क्षेत्र कम रहेकाले खाली रहेको निजी सार्वजनिक जग्गामा समेत वृक्षारोपण गर्नु आवश्यक रहेको उनको भनाई छ ।
उनले उक्त अभियान अन्र्तगत ६ हेक्टर जग्गामा विभिन्न प्रजातीका तथा हटस्पट ट्रिटमेन्ट अन्तर्गत ३५ हेक्टर जग्गामा बाँस, महगनी, अमला लगायतका प्रजातीका गरी २६ हजार विरुवा रोप्ने लक्ष्य लिइएको जानकारी दिए ।
चुरे जोगाउन वन कार्यालयद्वारा बिरुवा रोपिदै
सारांश
- राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर मंगलवारदेखी डिभिजन वन कार्यालयले चुरे क्षेत्रमा बिरुवा रोप्ने अभियान शूरु गरेको हो ।
- मंगलबार सप्तरीको शम्भुनाथ नगरपालिका ७ स्थित देवदह खोला छेऊमा रहेको सरहा र वैयरवन वनक्षेत्रमा २ हजार भन्दा बढी बिरुवा रोपेर अभियानको शूभारम्भ गरेको छ ।
- डिभिजन वन कार्यालय सप्तरी प्रमुख हेमन्त साह, वन कर्मचारी, सराहा सकसल सामुदायीक वन र वयरवन सामुदायीक वनका पदाधीकारी, संचारकर्मी तथा सरोकारवालको सहभागिताकामा २ वर्षे कलमी बाँस र महगनीका गरी २ हजार बिरुवा रोपिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया