स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन

राजविराज राजविराज
|
आइतबार, मंसिर ११, २०७९
|
|
१५ पटक हेरिएको
Shares
स्थानियतहका प्रमुखद्वारा मलखादको  समस्या समाधान गर्न ज्ञापन

सारांश

  •     प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कृषि मन्त्रालय लगायत अन्य सरोकारबाला निकायमा ज्ञापनपत्र बुझाइएको छिन्नमस्ता गाउँपालिका प्रमुख विद्यानन्द चौधरीले जानकारी दिएका छन् ।
  •       ज्ञापनपत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालगायत सुरक्षा निकायहरुसँग बैठकबसी हाल स्टोकमा रहेको मलखाद अविलम्ब बितरण गर्ने निर्णय समेत गरिएको उनले बताए ।
  •       यस्तै जिल्लाका कृषकहरुको माग बमोजिमको मलखाद नदिएकाले सो बिषयमा सप्तरीका चारै क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीयतह प्रमुख सहितको बैठक मंसिर १३ गते बसी समस्याको समाधान बारे छलफल गरिने जनाइएको छ ।

दैनिक समाचारदाता
राजविराज, ११ मंसिर । 

    सप्तरीका स्थानिय तहका प्रमुखहरुले आइतबार जिल्लामा भएको मलखादको अभाव र त्यसलाई समाधान गर्ने बारे स्थानिय प्रशासनमार्फत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएका छन् । 
    प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, कृषि मन्त्रालय लगायत अन्य सरोकारबाला निकायमा ज्ञापनपत्र बुझाइएको छिन्नमस्ता गाउँपालिका प्रमुख विद्यानन्द चौधरीले जानकारी दिएका छन् । 
    ज्ञापनपत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालगायत सुरक्षा निकायहरुसँग बैठकबसी हाल स्टोकमा रहेको मलखाद अविलम्ब बितरण गर्ने निर्णय समेत गरिएको उनले बताए । 
    यस्तै जिल्लाका कृषकहरुको माग बमोजिमको मलखाद नदिएकाले सो बिषयमा सप्तरीका चारै क्षेत्रका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीयतह प्रमुख सहितको बैठक मंसिर १३ गते बसी समस्याको समाधान बारे छलफल गरिने जनाइएको छ ।
    बैठकमा स्थानीयतहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरीका प्रमुख, नेपाल प्रहरीका डिएसपी, कृषी ज्ञान केन्द्रका प्रमुख, साल्ट ट्रेडिङका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?