अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही

राजविराज राजविराज
|
बिहिबार, आश्विन ७, २०७८
|
|
५२ पटक हेरिएको
Shares
अनुगमन समितिद्वारा लाखौंको अयोग्य बस्तु नष्ट, दुई व्यापारीलाई कारवाही

सारांश

  •     दशैं, तिहार जस्ता चाडवाड नजिकिदै गर्दा स्थानिय बजारमा म्याद गुज्रेका अखाद्य बस्तु खुलेआम बिक्रि भइरहेको जनगुनासो आएपछि जिल्लाको बजारमा अनुगमन थालिएको हो ।
  •       अनुगमनका क्रममा कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरीद बिक्रि पसललाई पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई २० हजार जरिवाना समेत गरिएको छ ।
  •       अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खाने तेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामाग्रि बरामद भएको संयुक्त अनुगमन टोलीका प्रमुख समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    संयुक्त बजार अनुगमन टोलीले बुधबार सप्तरीको खडक नगरपालिकास्थित कल्याणपुर बजारका विभिन्न किराना पसल, होटल, औषधी पसललगायतबाट अखाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गर्नुका साथै दुई व्यापारीलाई कारवाही समेत गरेको छ । 
    दशैं, तिहार जस्ता चाडवाड नजिकिदै गर्दा स्थानिय बजारमा म्याद गुज्रेका अखाद्य बस्तु खुलेआम बिक्रि भइरहेको जनगुनासो आएपछि जिल्लाको बजारमा अनुगमन थालिएको हो । 
    अनुगमनका क्रममा कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरीद बिक्रि पसललाई पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई २० हजार जरिवाना समेत गरिएको छ । 
    अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खाने तेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामाग्रि बरामद भएको संयुक्त अनुगमन टोलीका प्रमुख समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए । 
    यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका बियर, चिसो पेय पदार्थ, मसाला, ग्लुकोज, भुजिया लगायतका सामाग्रि बरामद भएको उनले बताए । अनुगमनका क्रममा बजारका अन्य पसलहरुबाट पनि विभिन्न प्रकारका लाखौं मुल्यका अखाद्य बस्तु र म्याद गुज्रेका बस्तु जफत गरि तत्कालै आगो लगाएर नष्ट गरिएको छ । 
    अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिना लेवलका २१ थान पानीको जार समेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । अनुगमनबाट पसल दर्ता नगरि गैरकानुनी रुपमा संचालन गरिएका, दर्ता नभएका, साइन बोर्ड नराखी संचालनमा भएकालाई कानुनको दायरामा आउनका लागि सचेत समेत गराइएको छ । 
    चाडपर्व नजिकिदै गर्दा बजारमा म्याद गुज्रेका, अखाद्य बस्तु खुल्ला बिक्रि बितरण भइरहेको जानकारी आएपछि अघिल्लो दिन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा बसेको बैठकले बजार अनुगमन कडाईका साथ अघि बढाउने निर्णय गरेको थियो । 
    संयुक्त बजार अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च लगायतका कार्यालय, संघसंस्थाका प्रतिनिधि सहभागि रहेको खाद्य प्रविधि अधिकृत सुरेश सिंहले जानकारी दिएको छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
२७ जना थपिएसँगै सप्तरीमा  संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
प्रभु साहले भने, “उपेन्द्र  यादव पानीमा भिजेको मुसा  र सीके राउत छेपारो”
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
पिएम कप प्रदेशस्तरीय छनोटमा महोत्तरी बिजयी 
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
स्कुल बसको ठक्करबाट बालकको मृत्यु
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
सरकारको गलत नीतिका कारण अहिलेको  जल संकट आएको हो ः अध्यक्ष यादव
सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
सुशासन र स्थिर सरकारका लागी मेरो उम्मेदवारी ः रास्वपा उम्मेदवार साह
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा योग दिवसमा योगाभ्यास तथा प्रवचन
आयूर्वेद स्वास्थ्य केन्द्रद्वारा योग दिवसमा योगाभ्यास तथा प्रवचन
आतंकवादले कुनै मुलुकको भलो हुन सक्दैन् ः वक्ताहरु
आतंकवादले कुनै मुलुकको भलो हुन सक्दैन् ः वक्ताहरु
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन
दोषिलाई कारवाहीको माग गर्दै जनमत पार्टीद्वारा प्रदर्शन