एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त

राजविराज राजविराज
|
शनिबार, कार्तिक २४, २०८१
|
|
१६ पटक हेरिएको
Shares
एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादी पक्राउ, भन्सार छलीका ४६ लाख बराबरको मालसामान जफ्त

सारांश

  •     यस्तै पक्राउ परेकाहरुलाई अदालतले तोकेको कैद सजाय अनुसार ४ वर्ष २ महिना ११ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
  • फरार सूचीमा रहेका फरार प्रतिवादी मध्ये कतिपयको मृत्यु भइसकेको पाइएकाले सम्बन्धीत पालिकाबाट मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गरि अदालतबाट लगत कट्टा गर्ने काम समेत भइरहेको उनले जानकारी दिए ।
  •       प्रहरीले फरार प्रतिवादीहरुको पक्राउ, अपराध नियन्त्रण, कैद र जरिवाना असुली तथा कानुनी कारवाहीमा महत्वपूर्ण सफलता प्राप्त गरेको हो ।

    राजविराज÷जिल्ला प्रहरी कार्यालय सप्तरीले एक महिनाको अवधीमा ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट ३ लाख ३१ हजार ८ सय ६१ रुँपैया जरिवाना असुल पनि गरिएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार सार्वजनिक गरेको चालु आ.ब. २०८१÷८२ को असोज १७ देखी कात्तिक १७ सम्मको मासिक प्रगती विवरण मार्फत सो जानकारी दिएको छ । 
    प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले आफ्नो एक महिने कार्यकालको मासिक प्रगती सूचाङ्क प्रस्तुत गर्दै सामुहिक प्रयास तथा सबैको साथ र सहयोगले करिब ४ हजार फरार प्रतिवादीको सूची मध्ये ३० दिनको अवधीमा उक्त संख्याका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको बताए । 
    यस्तै पक्राउ परेकाहरुलाई अदालतले तोकेको कैद सजाय अनुसार ४ वर्ष २ महिना ११ दिन कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । फरार सूचीमा रहेका फरार प्रतिवादी मध्ये कतिपयको मृत्यु भइसकेको पाइएकाले सम्बन्धीत पालिकाबाट मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गरि अदालतबाट लगत कट्टा गर्ने काम समेत भइरहेको उनले जानकारी दिए । 
    प्रहरीले फरार प्रतिवादीहरुको पक्राउ, अपराध नियन्त्रण, कैद र जरिवाना असुली तथा कानुनी कारवाहीमा महत्वपूर्ण सफलता प्राप्त गरेको हो । 
    यस्तै एक महिनाको अवधीमा भन्सार छलेर चोरी पैठारी गरि ल्याइएका ४६ लाख ६९ हजार ६ सय ३५ रुँपैयाको विभिन्न सरसामान जफत गरि राजविराज भन्सार कार्यालय चलान गरिएको प्रहरी उपरिक्षक खतिवडाले बताए । 
    सो क्रममा अवैध ओसारपोसारका लागि प्रयोग गरिएका ७÷७ वटा मोटरसाइकल र साइकल तथा एक÷एक वटा कार र सिटि रिक्सासहित १० जना मानिस समेतलाई पक्राउ गरि भन्सार कार्यालय चलान गरिएको उनले बताए । 
    यसअघि चालु आ.ब. २०८१÷८२ कै साउनदेखी असोज १६ सम्मको अवधीमा प्रहरीले ७ जना फरार प्रतिवादी मात्र पक्राउ गरेको थियो । यस्तै सोही अवधीमा भन्सार छलेर ल्याइएका १९ लाख ६७ हजारको अवैध सरसामान मात्र भन्सार बुझाइएकोमा एक महिना यता प्रहरीले फरार सूचीमा रहेका अपराधी पक्राउ गर्न र सीमा क्षेत्रमा निगरानी कडा पारेपछी एकीकृत सुरक्षा योजना प्रभावकारी देखिएको उनको भनाई छ । 
    जम्मा ८ सय ४१ जनाको थोरै जनशक्तिबाट जिल्लाको झण्डै ७÷८ लाख जनतालाई शान्ति सुरक्षाको व्यवस्था र न्यायको वातावरण तयार गर्न चुनौती रहेपनि उपलब्ध जनशक्तिबाटै यसको व्यवस्थापन गर्दै आएको उनको भनाई छ । 
    मधेश प्रदेश प्रहरी कार्यालयले शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि ४० बुँदे निर्देशन जारि गरि कार्यान्वयनका लागि सम्झौता समेत गराएको भन्दै त्यसको पालना गर्दै आफूहरु अघि बढेको बताए । जिल्लामा जिल्लामा कानुनी कार्यान्वयन र अपराध नियन्त्रणमा विगतको तुलनामा महत्वपूर्ण प्रगती भएको देखाएको छ । 
    पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेत तथा मातहतका इलाका प्रहरी कार्यालयका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहित अन्य पत्रकारहरुले पनि जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि गरिनु पर्ने थप प्रयासहरु बारे आ–आफ्नो सुझाव दिएका थिए ।     
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव
तीनै तहको निर्वाचनमा गठबन्धनले नै निरन्तरता पाउँछ ः मातृका यादव
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
स्थानिय सरकारले थप ७ हजार तलब दिन नमान्दा बाल शिक्षक तथा कर्मचारी धर्नामा 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
श्रोत नखुलेका झण्डै १० लाख रुँपैयासहित दुई हुण्डी कारोबारी पक्राउ 
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
नविकरणमा देखिएका समस्या समाधान  गर्न सात जिल्लाका अध्यक्षको माग
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
सप्तरीका अधिकांश सडकको अवस्था वेहाल, सडकको पानीले निकास नपाउँदा सडक मै पानी….
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
कोरोना बिरुद्धको खोप लगाएर मदिरा सेवन गर्दा ज्यान गयो
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
शिक्षा क्षेत्रलाई कमजोर बनाउँदै विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको छ ः प्याव्सन, एन व्याव्सन
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
सप्तरीबाट २० दिनमा ३ सय २१ जनाले लिए वंशज नागरिकता 
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब 
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब