दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित नेपाल भारत सिमाना दशगजा नजिकबाट करिव ८ लाख मुल्य बरावरको अवैध मरिचसहित एक व्यक्ति पक्राउ परेका छन् ।
नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ९०३९ नम्वरको पिकअप भ्यानलाई चेकजाँच गर्दा उक्त भ्यान भित्र अवैध रुपमा भारततर्फ बिक्रिका लागि लैजादै गरेको २५ किलोको १०० बोरा मरिच फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले भ्यान र मरिचसहित भ्यानका चालक सुनसरीको छिटाहाका २८ बर्षीय सुन्दर सुतिहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता पक्राउ परेका सुन्दरसहित बरामद गरिएको उक्त परिमाणको मरिच र मरिच बोक्न प्रयोग गरिएको सवारी साधनलाई आवश्यक कारवाहिका लागि तिलाठी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आठ लाख मुल्य बराबरको अबैध मरिचसहित एक पक्राउ
सारांश
- नेपालबाट भारततर्फ जाँदै गरेको को १ च ९०३९ नम्वरको पिकअप भ्यानलाई चेकजाँच गर्दा उक्त भ्यान भित्र अवैध रुपमा भारततर्फ बिक्रिका लागि लैजादै गरेको २५ किलोको १०० बोरा मरिच फेला परेको प्रहरीले जनाएको छ ।
- प्रहरीले भ्यान र मरिचसहित भ्यानका चालक सुनसरीको छिटाहाका २८ बर्षीय सुन्दर सुतिहारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- यता पक्राउ परेका सुन्दरसहित बरामद गरिएको उक्त परिमाणको मरिच र मरिच बोक्न प्रयोग गरिएको सवारी साधनलाई आवश्यक कारवाहिका लागि तिलाठी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया