पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”

राजविराज राजविराज
|
बुधबार, चैत्र १३, २०८१
|
|
१८ पटक हेरिएको
Shares
पीडित महिलाले भनिन् “बाटो बिस्तारको नाममा आफ्नो मात्र जग्गा छाड्न दबाब  र धम्की आउन थाल्यो”

सारांश

  •     बुधबार टोलमै संचारकर्मीहरुसीत आफ्ना कुरा राख्ने क्रममा ४५ बर्षीया ललिता साहले यस्तो आरोप लगाएकी हुन् ।
  • उनले आफ्नो नम्बरी जग्गाबाट एकलौटी ढंगले बाटो निकाल्नका लागि छिमेकी सियाराम साह, देवकी साह, वडाध्यक्ष कर्णदेव चौधरीका साथै प्रहरी समेतले जग्गा छाडिदिन पटक पटक दवाव दिन थालेको गुनासो गरिन् ।
  •       श्रीमान् सागर वैदेशिक रोजगारीका क्रममा बाहिर रहेको समयमा आफ्नो नम्बरी जग्गाबाट मात्र बाटो निकाल्ने भन्दै एकतर्फी हानी नोक्सानी पु¥याउन खोजेको र आफू सहमत नहुँदा पटक–पटक प्रहरी समेत लगाई दवाव र धम्की दिन थालेको उनले दुखेसो पोखिन् ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडास्थित महुकी विचला टोलकी एक महिला बाटो बिस्तारको नाममा आफूलाई मात्र हानी नोक्सानी हुने गरी जग्गा छाड्न अनावश्यक दबाव र दुःख दिन थालिएको आरोप लगाएकी छिन् । 
    बुधबार टोलमै संचारकर्मीहरुसीत आफ्ना कुरा राख्ने क्रममा ४५ बर्षीया ललिता साहले यस्तो आरोप लगाएकी हुन् । उनले आफ्नो नम्बरी जग्गाबाट एकलौटी ढंगले बाटो निकाल्नका लागि छिमेकी सियाराम साह, देवकी साह, वडाध्यक्ष कर्णदेव चौधरीका साथै प्रहरी समेतले जग्गा छाडिदिन पटक पटक दवाव दिन थालेको गुनासो गरिन् । 
    श्रीमान् सागर वैदेशिक रोजगारीका क्रममा बाहिर रहेको समयमा आफ्नो नम्बरी जग्गाबाट मात्र बाटो निकाल्ने भन्दै एकतर्फी हानी नोक्सानी पु¥याउन खोजेको र आफू सहमत नहुँदा पटक–पटक प्रहरी समेत लगाई दवाव र धम्की दिन थालेको उनले दुखेसो पोखिन् ।
    उनी आफ्नो जग्गाको अग्रभागमा रहेको कित्ता नम्बर ९७० को ९ धुर तथा पछाडी भागमा रहेको ६ कठ्ठा १० धुर जग्गामा घर, गोठ र बगैचा बनाएर बसोवास गर्दै आएकी छिन् । बाटोको लागि आफू जग्गा दिन तयार रहेको तर, आफूले दिए जति जग्गा दाहिने तर्फका संधियारहरुले पनि दिएमा आफूलाई थोरै क्षति पुग्ने उनको भनाई छ । आफ्नो जग्गा मात्र छाडिदिन विपक्षीले दवाव दिईरहेकाले आफू तनावमा परेको उनले सुनाईन् ।    
    वडाअध्यक्ष चौधरीले भने हाल ललिताले छाड्न नमानेको जग्गामा परापुर्वकाल देखि नै गोरेटो बाटो रहेको दावी गरेका छन् । वडाध्यक्ष चौधरीले भने अहिले व्यवस्थित गर्न खोज्दा उल्टै टाटीले घेरवार गरि ललिता र उनका आफन्तले बाटो अवरुद्ध गरिदिएका बताए । 
    बाटो अवरुद्ध हुने गरि टाटीले घेरवार गर्दा छरछिमेकलाई आवत जावतमा समस्या भएको भन्दै उनले आफूले सडकका लागि जग्गा छाड्नु भन्दा पनि परापुर्वकालदेखि गाउँलेले प्रयोग गर्दै आएको बाटो खुलाउन मात्र दवाव दिएको बताएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
भन्सार छलेर ल्याउँदै गरिएको चप्पल  र मोटरसाइकसहित एक पक्राउ
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
बाल शिक्षक र विद्यालय कर्मचारी आन्दोलित
ओलीको पालामा संशोधन होला ?
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
३० रुपैया जरिवाना तोकिएका एक महिलासहित तीन फरार प्रतिवादी पक्राउ
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
हरवा चरवाको अवस्था भने ज्यूँका त्यूँ, ९ बुँदे माग अघि सार्दै सरकारको ध्यानाकर्षण
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
श्रोत नखुलेको ५ लाख भन्दा बढी भारतीय रकमसहित एक पक्राउ
मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित
शिक्षा कार्यदलका सदस्य सन्तोष चमन सम्मानित