दैनिक समाचारदाता
राजविराज, १६ मंसिर ।
सप्तरी प्रहरीले चार महिनाको अवधीमा ३ हजार भन्दा बढी गाँजाको बोट फँडानी गरेको छ ।
गाँजा खेती हुने गरेको सुचनाका आधारमा पुगेको प्रहरी टोलीले जिल्लाको विभिन्न पालिकाबाट ३ हजार ८ सय ५४ बोट फडानी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डिएसपी नरेश कुमार सिंहका अनुसार जिल्लाको राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, राजगढ गाउँपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको विभिन्न वडामा लगाइएको उक्त परिमाणको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।
जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको स्थानको पहिचान गरिसकेपछी थप प्रहरी टोली खटाई अवैध गाँजा फडानी गर्ने गरिएको उनले जानकारी दिएका छन ।
अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा प्रहरीले जिल्लाको विभिन्न स्थानमा अबैधरुपमा लगाइएका ४ हजार ७ सय ५० भन्दा बढी गाँजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।
गाँजा खेती फडानी गर्दै प्रहरी
सारांश
- गाँजा खेती हुने गरेको सुचनाका आधारमा पुगेको प्रहरी टोलीले जिल्लाको विभिन्न पालिकाबाट ३ हजार ८ सय ५४ बोट फडानी गरेको हो ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी डिएसपी नरेश कुमार सिंहका अनुसार जिल्लाको राजविराज नगरपालिका, शम्भुनाथ नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, डाक्नेश्वरी नगरपालिका, विष्णुपुर गाउँपालिका, तिलाठी कोईलाडी गाउँपालिका, राजगढ गाउँपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको विभिन्न वडामा लगाइएको उक्त परिमाणको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।
- जिल्लाको खोजी टोलीले गाँजा खेती भइरहेको स्थानको पहिचान गरिसकेपछी थप प्रहरी टोली खटाई अवैध गाँजा फडानी गर्ने गरिएको उनले जानकारी दिएका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया