दैनिक समाचारदाता
राजविराज, ११ बैशाख ।
सप्तरीको राजगढ गाउँपालिका २ स्थित श्री खुवलाल जग्रन्नाथ शक्ती आधारभुत विद्यालय कमलपुर बनैनियाका प्रधानाध्यापक रवीन्द्र यादवमाथी हातापत तथा दुरव्यवहार भएको भन्दै घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथी कारवाहीको माग गरिएको छ ।
प्रअ यादवले आफूलाई विद्यालय व्यवस्थापन समितिका सदस्यको अगुवाईमा एक समुहले हातपात र दुरव्यवहार गरेको भन्दै मंगलवार नेपाल शिक्षक महासंघ सप्तरीलाई घट्ना विवरणसहित पत्राचार गरि दोषिमाथी कारवाहीका लागी आवश्यक पहल गर्न माग गरेका हुन् ।
उनले पत्रमा विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादवको अगुवाईमा आएको एक समूहले बैशाख ६ गते विद्यालय द्वारा विद्यार्थी भर्ना अभियान, ¥याली र अभिभावकत्व ग्रहण कार्यक्रम सुरु गर्न लागेकै वेला आपृmुमाथी हातपात र दुव्र्यवहार गरेको उल्लेख गरेका छन् ।
नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन, एकिकृत नेपाल शिक्षक संगठन, संघिय शिक्षक फोरम नेपाल र नेपाल शिक्षक मञ्चलाई बोद्र्धाथ समेत दिइएको उक्त पत्रमा विद्यार्थी भर्ना अभियान ¥याली र अभिभावकत्व ग्रहण कार्यक्रम विथोल्ने उदेश्यले आएको सो समूहले आपूmमाथी हातपात, गालीगलौच, धाक धम्की र लुगा च्यात्नुका साथै मोबाइल र विद्यालयको साँचो खोसेर डेढ घण्टा कार्यकक्ष मै थुनेर राखेको उनले उल्लेख गरेका छन् ।
उनले पिडक विरुद्ध प्रहरीमा उजुरी समेत दिएका छन् । बाल विकास देखि ८ कक्षा सम्म पढाई हुने उक्त विद्यालयमा ५ सय छात्र÷छात्रा अध्यनरत छन । जसमध्ये ९० प्रतिशत गरिब, दलित र पिछडिएका समुदायका बालबालिका छन् ।
उनले कार्यक्रम विथोल्न व्यवस्थापन समितिका सदस्यको अगुवाईमा ३०÷४० जनाको समुह आउँदै छ, भनी पूर्व सूचना प्राप्त भएपछि तत्कालै नजिकै रहेको झुटकी प्रहरी चौकीमा जानकारी गराउँदा पनि प्रहरी समयमा न आएको र आपूmले यस्तो दुव्र्यवहार खेप्नु परेको गुनासो पोखे । उनले यो पटक समेत गरी आफुमाथी विभिन्न बहाना र निहुमा विद्यालय व्यवस्थापन समितिका सदस्य यादवको अगुवाईमा चौथो पटक आक्रमण भएको बताएका छन् ।
यस्तो अपमान सहेर पनि विद्यालयको पठन पाठन सुचारु राखेका प्रअ यादवले दोषीमाथी कारवाही नगरिए विद्यालयको पठन पाठन रोक्न बाध्य हुने जनाएका छन् । उनले गाउँपालिका कार्यालयको शिक्षा शाखाको निर्देशन अनुसार समय मै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन बैशाख ३ गते एक कार्यक्रम गरी पाठ्यपूस्तक वितरण गरिएकोमा किन पुस्तक बाँड्न हतार गरिस ? भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य यादवले पटक पटक निहुँ खोज्ने गरेको दोषारोपण पनि गरे । उनले विद्यालयमा काम गर्ने बातावरण र सुरक्षा प्रत्याभुतीको माग समेत गरेका छन् । नेपाल शिक्षक महासंघले समेत शिक्षकको पेशागत सुरक्षा, हकहित र सम्मानको मागँ गरेको छ । नेपाल शिक्षक महासंघ सप्तरीका अध्यक्ष सुरेश कुमार यादव र सचिव लखिन्द्र प्रसाद साहले मंगलवार प्रेस विज्ञप्ती मार्फत घट्नाको सत्य तथ्य छानवीन गरी दोषीमाथी कारवाहीको मागँ गरेको छ ।
यता विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादवले आफुहरुले प्रअ यादवमाथी हातपात नगरेको दाबी गरेका छन् ।
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन समितिका सदस्यमाथी कारवाहीको माग
सारांश
- प्रअ यादवले आफूलाई विद्यालय व्यवस्थापन समितिका सदस्यको अगुवाईमा एक समुहले हातपात र दुरव्यवहार गरेको भन्दै मंगलवार नेपाल शिक्षक महासंघ सप्तरीलाई घट्ना विवरणसहित पत्राचार गरि दोषिमाथी कारवाहीका लागी आवश्यक पहल गर्न माग गरेका हुन् ।
- उनले पत्रमा विद्यालय व्यवस्थापन समितिका सदस्य रघुनन्दन यादवको अगुवाईमा आएको एक समूहले बैशाख ६ गते विद्यालय द्वारा विद्यार्थी भर्ना अभियान, ¥याली र अभिभावकत्व ग्रहण कार्यक्रम सुरु गर्न लागेकै वेला आपृmुमाथी हातपात र दुव्र्यवहार गरेको उल्लेख गरेका छन् ।
- नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन, एकिकृत नेपाल शिक्षक संगठन, संघिय शिक्षक फोरम नेपाल र नेपाल शिक्षक मञ्चलाई बोद्र्धाथ समेत दिइएको उक्त पत्रमा विद्यार्थी भर्ना अभियान ¥याली र अभिभावकत्व ग्रहण कार्यक्रम विथोल्ने उदेश्यले आएको सो समूहले आपूmमाथी हातपात, गालीगलौच, धाक धम्की र लुगा च्यात्नुका साथै मोबाइल र विद्यालयको साँचो खोसेर डेढ घण्टा कार्यकक्ष मै थुनेर राखेको उनले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया