दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
डोम उत्थान समाज सप्तरीले जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीका लागि माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई ज्ञापनपत्र बुझाएको छ ।
समाजका अध्यक्ष सिकिन्दर मरिक तथा वरिष्ठ सल्लाहकार युक्तिलाल मरिकको नेतृत्वमा पुगेको टोलीले उक्त मागसहित प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।
बुझाइएको ज्ञापनमा सिरहाको औरही गाउँपालिका वडा नं. ५ का दिपक मरिक र उनकी श्रीमती अनिता कुमारी मरिकलाई महायज्ञको नाममा वर्षौदेखी बसोवास गर्दै आइरहेको स्थानबाट उठिवास गराएकोमा समाजको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
मरिक परिवारलाई यथास्थानमा आवाससहितको पुर्नस्थापना, मरिक दम्पत्तिलाई गाउँपालिकामा करारको सरसफाई कर्मचारीमा कुनै हस्तक्षेप नगर्न तथा अर्को व्यवस्था नहुन्जलेसम्म डोम तथा अन्य दलितहरुलाई उठिवास नगर्न ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
बुझाइएको ज्ञापनमा ३० वर्षदेखी वसोवास गरिरहेका मरिक दम्पत्तिलाई केन्द्र सरकारको आर्थिक लगानी तथा प्रदेश सरकारको समन्वयमा १५ फिट चौडाई र २३ फिट लम्बाईको दुई कोठे पक्की घर शहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीको निगरानीमा निर्माण गरिएको स्मरण गराउँदै पक्की घर समेत डोजरले भत्काई पीडितलाई बस्तीबाट टाढा कोही नभएको स्थानमा तीन धुर ऐलानी जग्गामा टहरा बनाएर उनीहरुलाई बस्न बाध्य बनाएको उल्लेख छ ।
घर भत्काई उठीवास बनाउने औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, महायज्ञ संयोजक बजरंगीबाबा, पूर्व वडाअध्यक्ष दिलिप यादव र अन्य गाउँका अगुवाहरुलाई कारवाहीका लागि गम्भिर चासो देखाउनु पर्ने माग समेत गरिएको छ ।
जातिय विभेद तथा छुवाछुत गर्नेहरुमाथी कारवाहीको माग
सारांश
- समाजका अध्यक्ष सिकिन्दर मरिक तथा वरिष्ठ सल्लाहकार युक्तिलाल मरिकको नेतृत्वमा पुगेको टोलीले उक्त मागसहित प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।
- बुझाइएको ज्ञापनमा सिरहाको औरही गाउँपालिका वडा नं.
- ५ का दिपक मरिक र उनकी श्रीमती अनिता कुमारी मरिकलाई महायज्ञको नाममा वर्षौदेखी बसोवास गर्दै आइरहेको स्थानबाट उठिवास गराएकोमा समाजको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया