दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीका द्वन्दपीडितहरुले राज्यले अहिलेसम्म समस्या समाधानका साटो उपेक्षा गरेको गुनासो गरेका छन् ।
युरोपियन युनियन तथा स्टोरी किचेनको साझेदारीमा आइतबार राजविराजमा युवा आवाजका साथी नामक संस्थाले आयोजना गरेको सशस्त्र द्वन्दकालिन महिला हिंसा र न्यायको सवाल विषयक परार्मश बैठकमा सहभागि द्वन्दपीडित परिवार तथा सरोकारवालाहरुले सो गुनासो पोखेका हुन् ।
सशस्त्र द्वन्दका बेला भएका जघन्य घट्ना र पीडितहरुको अहिलेको अवस्था बुझी उनीहरुलाई सहयोग जुटाउन, राज्यको ध्यानाकर्षण गराउन र विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा द्वन्द पीडित अरुण साहले राज्यले शहिदहरुको वर्गिकरण गरेर सेवा सुविधा दिनु विभेद र अपमान भएको बताए । उनले राज्यले सशस्त्र द्वन्दका बेला ज्यान गुमाएका र घाईते भएकालाई खासै सेवा सुविधा उपलब्ध गराउन नसकेको भन्दै पुरानो कुरा कोट्याएर मन नदुखाउन कार्यक्रम आयोजकलाई आग्रह पनि गरे ।
त्यस्तै शहिद पत्नि कविता ठाकुरले पनि घरका अविभावक गुमाउदा परिवारकै विचल्ली भएको तथा राज्य पक्षबाट सोधखोज गर्न छाडिएको सुनाईन । शहिद परिवारका राजेश कुमार रामले शहिद कै बलमा सत्तामा पुगेकाहरु अहिले सत्तामोहमा फसेर शहिदलाई विर्सेको आरोप लगाए ।
कार्यक्रममा नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादव, अधिकारर्मी जंग बहादुृर सिह, कानुन व्यवसायी डोमन साह, एकल महिला संघकी अध्यक्ष अनिता देवकोटा लगायतले पनि बोल्दै द्वन्द पिडीत परिवारको अवस्था र उनीहरुका लागी राज्यले गरिदिनु पर्ने कामबारे आ–आफनो सुझाव दिएका थिए ।
आयोजक संस्थाकी अध्यक्ष यमुना खनालले कार्यक्रममा प्राप्त सुझावलाई सम्बन्धित निकाय समक्ष पु¥याउनुका साथै द्वन्द पीडित परिवारको जिवनस्तरमा सुधार ल्याउन विभिन्न सीप र आयमुलक कार्यक्रम संचालनमा ल्याइ सहयोग गर्ने प्रतिबद्धता जनाईन ।
समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित
सारांश
- युरोपियन युनियन तथा स्टोरी किचेनको साझेदारीमा आइतबार राजविराजमा युवा आवाजका साथी नामक संस्थाले आयोजना गरेको सशस्त्र द्वन्दकालिन महिला हिंसा र न्यायको सवाल विषयक परार्मश बैठकमा सहभागि द्वन्दपीडित परिवार तथा सरोकारवालाहरुले सो गुनासो पोखेका हुन् ।
- सशस्त्र द्वन्दका बेला भएका जघन्य घट्ना र पीडितहरुको अहिलेको अवस्था बुझी उनीहरुलाई सहयोग जुटाउन, राज्यको ध्यानाकर्षण गराउन र विभिन्न सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले संस्थाले सो कार्यक्रम आयोजना गरेको हो ।
- कार्यक्रममा द्वन्द पीडित अरुण साहले राज्यले शहिदहरुको वर्गिकरण गरेर सेवा सुविधा दिनु विभेद र अपमान भएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया