दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
सरकारले पूर्ण रुपमा लकडाउन हटाएसँगै अहिले मुलुकभरि कोरोना संक्रमितको संख्या बढ्ने क्रममा रहेको छ ।
सप्तरीमा पनि दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ । यसैबीच आइतबार सप्तरीमा २७ जना संक्रमित थपिएका छन् ।
जसमा सुरक्षाकर्मीसहितका रहेका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका दुई पुरुष र राजविराजस्थित भिमदल गणका एक पुरुषलाई कारोना संक्रमण पुष्टि भएको हो ।
यस्तै राजविराज नगरपालिकामा १५, विष्णुपुर गाउँपालिकामा ५, रुपनी गाउँपालिकामा १, तिलाठि कोईलाडि गाउँपालिकामा ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ४ पुगेको छ भने संक्रमित मध्ये ९ जनाको मृत्यु भएको छ ।
यस्तै ८ सय २ जना निको भएका छन् भने हाल ३ सय ९३ जना जिल्लामा संक्रमित रहेको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
२७ जना थपिएसँगै सप्तरीमा संक्रमितको संख्या १ हजार २ सय नाघ्यो
सारांश
- सप्तरीमा पनि दिनानुदिन संक्रमितको संख्या बढ्दै गएको छ ।
- यसैबीच आइतबार सप्तरीमा २७ जना संक्रमित थपिएका छन् ।
- जसमा सुरक्षाकर्मीसहितका रहेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया