कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी

राजविराज राजविराज
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
६० पटक हेरिएको
Shares
कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी

सारांश

  •     पार्टीका सचिव सनत कुमार मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा जेठ २७ गते नगरपालिका कार्यालयका कर्मचारीहरुमाथी भएको कुटपिट र कार्यालयमा भएको तोडफोडका घटना अत्यन्त खेदपूर्ण रहेको ठहर गर्दै दोषिमाथी कारवाहीको माग गरिएको छ ।
  •       विज्ञप्तिमा विवाद समाधानका लागि आवश्यक पहल, कुटपिटमा परेका कर्मचारीहरुलाई न्याय तथा नगरपालिकामा भएको तोडफोड घटनाको छानबिन गरि दोषिमाथी कानुनी कारवाहीका लागि स्थानीय प्रशासन समक्ष माग गरिएको छ ।
  •       नगरपालिकाका कर्मचारीहरु पेन डाउन गरेर अत्यावश्यक कामकाज बाहेक सम्पूर्ण कामकाज ठप्प पारेको जनाउँदै विज्ञप्तिमा आर्थिक वर्षको अन्तिम क्षणमा नगरपालिकामा भएको यस्ता घटनाले नगरको विभिन्न विकासीय योजनाहरु, जनताको कामकाज लगायत अन्य सेवाहरु प्रभावित बन्न पुगेको उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ३० जेठ । 

    नेपाली काँग्रेस सप्तरीले राजविराज नगरपालिकाको कार्यालयमा पछिल्लो एक सातादेखी भइरहेको विभिन्न घटनाक्रमप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
    पार्टीका सचिव सनत कुमार मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा जेठ २७ गते नगरपालिका कार्यालयका कर्मचारीहरुमाथी भएको कुटपिट र कार्यालयमा भएको तोडफोडका घटना अत्यन्त खेदपूर्ण रहेको ठहर गर्दै दोषिमाथी कारवाहीको माग गरिएको छ । 
    विज्ञप्तिमा विवाद समाधानका लागि आवश्यक पहल, कुटपिटमा परेका कर्मचारीहरुलाई न्याय तथा नगरपालिकामा भएको तोडफोड घटनाको छानबिन गरि दोषिमाथी कानुनी कारवाहीका लागि स्थानीय प्रशासन समक्ष माग गरिएको छ । 
    नगरपालिकाका कर्मचारीहरु पेन डाउन गरेर अत्यावश्यक कामकाज बाहेक सम्पूर्ण कामकाज ठप्प पारेको जनाउँदै विज्ञप्तिमा आर्थिक वर्षको अन्तिम क्षणमा नगरपालिकामा भएको यस्ता घटनाले नगरको विभिन्न विकासीय योजनाहरु, जनताको कामकाज लगायत अन्य सेवाहरु प्रभावित बन्न पुगेको उल्लेख छ । 
    “कुनै पनि विवादको समाधान वार्ता माध्यमबाट हुने बाटो रहँदा रहँदै पनि यस्तो खाले घटना हुनु अत्यन्त दुःखदायी हो ।” विज्ञप्तिमा भनिएको छ, “नेपालकै पुरानो मध्ये एक राजविराज नगरपालिका विगतको केही दिनदेखी पटक पटक विवादस्पद बन्दै गएको जगजाहेर नै छ । कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिबीच पटक पटक यस्ता विवाद हुनुले सप्तरी जिल्लाको सदरमुकाम समेत रहेको राजविराजको साख पनि दाउमा परेको छ ।”  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
डोम एकल महिलालाई प्रमुख अतिथी  बनाउँदै जनप्रतिनिधिद्वारा पदस्थापना
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
उचित सिचाईको व्यवस्था र वर्षा  नहुँदा चैते धान रोपाई प्रभावित
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
तिलाठीमा दादुरा रुबेला सम्बन्धी गोष्ठी
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
नगरभित्रै कै बिद्यालयमा बिद्यार्थीहरूको उपस्थिति न्यून,  न्यून बिद्यार्थी भएका बिद्यालयलाई मर्ज गरिने ः उपप्रमुख झा
मदन–आश्रित दिवसमा रक्तदान
मदन–आश्रित दिवसमा रक्तदान
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा
सप्तरीमा ७१ परिक्षार्थीको परिक्षा  रद्द, एक कर्मचारी पनि कारवाहीमा
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष