ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

राजविराज राजविराज
|
आइतबार, कार्तिक २, २०७७
|
|
१८ पटक हेरिएको
Shares
ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुका साथबाट ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जानकारी दिएको छ ।
  •       ब्राउन सुगरको कारोबार गर्दै आएका शर्मा दाजुभाईलाई शनिबार साँझ जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित बकधुवा–महदेवा सडकखण्डबाट इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
  •       बिशेष सुचनाको आधारमा स.

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 
    सप्तरी प्रहरीले पहिलो पटक लागु औषध ब्राउन सुगरसहित दुई कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ७ का २७ वर्षिय भरत शर्मा र १९ वर्षिय निरज शर्मा छन् । नातामा उनीहरु दाजुभाई हुन् । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेकाहरुका साथबाट ५० ग्राम ब्राउन सुगर बरामद गरिएको जानकारी दिएको छ । 
    ब्राउन सुगरको कारोबार गर्दै आएका शर्मा दाजुभाईलाई शनिबार साँझ जिल्लाको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित बकधुवा–महदेवा सडकखण्डबाट इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले पक्राउ गरेको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।  


    बिशेष सुचनाको आधारमा स.७प. १८६५ नम्बरको मोटरसाइकल चढेर महुलीतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरिक्षक नरेश कुमार सिंहको नेतृत्वमा खटिएको टोलीले चेकजाचको क्रममा दुबैजनालाई पक्राउ गरेको प्रहरी उपरिक्षक धमलाले बताए । 
    शर्मा दाजुभाईको साथबाट कालो प्लाष्टिकको ५ वटा पातलो झोलामा प्याक गरि राखिएको १०÷१० ग्राम गरि कुल ५० ग्राम ब्राउन सुगर, दुई थान मोबाइल र नगद ६ हजार ९ सय रुँपैया बरामद गरेको छ । बरामद ब्राउन सुगरको ४ लाख भन्दा बढी मुल्य पर्ने अनुमान गरिएको छ । 
    यता पक्राउ परेका शर्मा दाजुभाईले आफूहरु विगत एक वर्षदेखी सो कारोबारमा लागेको बयान दिएका छन् । प्रहरीका अनुसार शर्मा दाजुभाईले भारत बिहार राज्यको सिपौल जिल्ला निवासी सुशान्त भन्ने व्यक्तिबाट ब्राउन सुगर खरीद गरि ल्याउने र नेपालको सुनसरी, उदयपुर, पोखरा र काठमाडौं लगायतका स्थानमा सप्लाई गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ । 
    प्रहरी उपरिक्षक धमलाले पक्राउ परेका शर्मा दाजुभाईलाई आइतबार सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई लागुऔषध ऐन २०३३ अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइफोन र मोबाइलसहित युवक पक्राउ  
आइफोन र मोबाइलसहित युवक पक्राउ  
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
निर्माण कार्य सुस्त भएको भन्दै स्थानियको विरोध र प्रदर्शन
निर्माण कार्य सुस्त भएको भन्दै स्थानियको विरोध र प्रदर्शन
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
सप्तरी क्षेत्र नं. ३ बाट लोसपा  वरिष्ठ नेता महतोसहित चार  जनाको नाम सिफारिस
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
क्षमा पूजा गरेर छिन्नमस्ता भगवतीको पुरानै मुकुट लगाउने तयारी
थप एक जना संक्रमितको मृत्यु
थप एक जना संक्रमितको मृत्यु
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
आन्दोलनले हटाएको राजतन्त्रको पुनःस्र्थापना  सम्भव छैन ः पूर्वप्रधानमन्त्री नेपाल 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
जग्गा सम्बन्धी विवादमा झडप हुँदा १५ जना घाइते, प्रहरीद्वारा एक दर्जन सेल अऋग्यास प्रहार 
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु
सात महिनाको अवधीमा सप्तरीमा ४ सय ८३ सवारी दुर्घटनामा ४८ को मृत्यु