दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
सप्तरी शम्भुनाथको शम्भुनाथ नगरपालिका वडा नं. ३ ट्राफिक चौकस्थित पुर्व पश्चिम राजमार्गमा बुधबार अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना यात्रु घाइते भएका छन् ।
पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र.२–०१ –००१स.१३४९ नं.को अटो आफै अनियन्त्रित हुदा अटोमा सवार चालकको बुवा स्थानिय ७५ वर्षिय रामजी साह र चालकको नातिनि २ वर्षिय खुसी कुमारी साह घाइते भएका छन् । उनीहरु मध्ये बुबा रामजीको युनिक तथा नातिनिको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै शम्भुनाथकै वडा नं. ३ कचन्दाहास्थित भित्रि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन् ।
दक्षिणबाट उतर तर्फ जादै गरेको प्र.२–०१–००३प.३६०१ नं.को मोटरसाइकलले स्थानिय अंजनि चौधरीका २ वर्षिय छोरा आदित्य चौधरीलाई वाटो काट्ने क्रममा ठक्कर दिएको हो ।
ठक्करबाट बालकको टाउँकोमा चोट लागेपछि गजेन्द्र नारायण सिँह अस्पताल राजविराजमा समान्य उपचार पश्चात थप उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक वडा नं. ४ बस्ने ३४ वर्षिय दिपेन्द्र कुमार भगत प्रहरी नियन्त्रणमा रहेको तथा घटना वारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
अटो दुर्घटनामा चालकका बाबु र नातिनी तथा मोटरसाइकलको ठक्करबाट बालक घाइते
सारांश
- पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र.
- २–०१ –००१स.
- १३४९ नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल
जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा
धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी
वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला
पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण
प्रतिक्रिया
० प्रतिक्रिया