दैनिक समाचारदाता
जनकपुरधाम, २० माघ ।
प्रदेश २ सरकारको प्रदेश नीति तथा योजना आयोगले पहिलो आवधिक योजना पुस्तक मंगलबार सार्वजनिक गरेको छ ।
नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले पहिलो आवधिक योजना र नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टू सार्वजनिक गरेका हुन् ।
दुबै पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा अगामी पाँच वर्ष भित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण सहज बनाउने बताए ।
पछिल्लो ३ वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले अवको दिनमा गौरबको योजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढने उनको भनाई थियो ।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशको गौरबकै यौजनाको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेको उल्लेख गर्नु हुँदै यसले प्रदेशको समग्र स्वास्थ्य क्षेत्रमा माइल स्टोन सावित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै प्रदेशको शैक्षिक सुधारका लागि संघीय नीति बाधक रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले हाललाई विश्वविद्यालय मात्र प्रदेश सरकारको मातहतमा रहेको हुँदा प्रदेशमा कृषि र प्रादेशिक विश्वविद्यालय स्थापनाको तैयारी समेत अघि बढाई सकेको जानकारी पनि दिए ।
नीति आयोगमा पदाधिकारीहरु नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितको टिमले गर्दै आएको कामको प्रशंसा समेत उनले गरे ।
कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आवधिक योजना सार्वजनिक गरेको आयोग अब प्रदेशको प्रोजेक्ट बैंक निर्माणको कार्यलाई अघि बढाई सकेको र प्रदेशको गौरबको योजनाहरु समेटेर केही महिना भित्रै प्रोजेक्ट बैंक समेत सार्वजनिक गर्ने बताए । कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुबाडी, कानून सचिव टिकाराम पाण्डे सहितको उपस्थिति रहेको थियो ।
प्रदेश २ सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक
सारांश
- नीति तथा योजना आयोगले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजना गरेको एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समेत रहेका मुख्यमन्त्री लालबाबु राउतले पहिलो आवधिक योजना र नेपाल प्रोभिन्सियल प्लानिङ्ग बेसलाइन एण्ड स्ट्राटेजिक अप्सन फर प्रोभिन्स टू सार्वजनिक गरेका हुन् ।
- दुबै पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेशमा अगामी पाँच वर्ष भित्र गर्नु पर्ने विकासको लक्ष्य निर्धारण गर्नुका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामहरुको विस्तृत विवरण समेटिएकोले अगामी दिनको नीति तथा कार्यक्रम एवं बजेट निर्माण सहज बनाउने बताए ।
- पछिल्लो ३ वर्षमा जनताको आधारभूत आवश्यकता रहेको विकास निर्माणको कामलाई प्राथमिकतामा राखेको प्रदेश सरकारले अवको दिनमा गौरबको योजनाहरुलाई प्राथमिकतामा राखेर अघि बढने उनको भनाई थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया