सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई

राजविराज राजविराज
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
५६ पटक हेरिएको
Shares
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई

सारांश

  •     सप्तरीको छिन्नमस्ता गाउापालिकाको दोश्रो गाउँसभाको निर्णय सार्वजनिकीकरण समारोहको सोमबार उद्घाटन गर्न आइपुगेका पूर्व प्रधानमन्त्री डा.
  • भट्टराईले राजविराज विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै सहमति नाटकीय ढंगले हतारमा भएको बताएका हुन् ।
  •       शुक्रबार सरकार र गठबन्धनबीच भएको ११ बुँदे सहमतिको २ नं.

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
    नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमति नाटकीय भएको बताएका छन् । 
    सप्तरीको छिन्नमस्ता गाउापालिकाको दोश्रो गाउँसभाको निर्णय सार्वजनिकीकरण समारोहको सोमबार उद्घाटन गर्न आइपुगेका पूर्व प्रधानमन्त्री डा. भट्टराईले राजविराज विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै सहमति नाटकीय ढंगले हतारमा भएको बताएका हुन् ।  
    शुक्रबार सरकार र गठबन्धनबीच भएको ११ बुँदे सहमतिको २ नं. बुँदा दोहोरो अर्थ लाग्ने र यसलाई सरकार र मधेश गठबन्धनले आ–आफ्नै ढंगले ब्याख्या गरिरहेको भन्दै उनले भविष्यमा यसले थप समस्या खडा गर्न सक्ने चिन्ता समेत व्यक्त गरे । 
    सरकारले मुलुक विखण्डनको आन्दोलन गरिरहेका सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनलाई वार्तामा ल्याएर समस्या समाधानको प्रयास सकारात्मक भएको भन्दै त्यसलाई सरकारले कुनै नीजि स्वार्थमा सहमति गरेको हो, भने त्यसले भविष्यमा झनै समस्या खडा गर्ने समेत बताए ।
    यसैबीच छिन्नमस्ता गाउँपालिका प्रमुख सूर्यनारायण मण्डलको अध्यक्षतामा आयोजित तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईद्वारा उद्घाटन गरिएको दोश्रो गाउँ सभाको निर्णय सार्वजनिकीकरण समारोहमा वडाअध्यक्ष दिपेन्द्र यादवले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि ३४ करोड २ लाख ३० हजार रुँपैया बराबरको बजेट प्रस्तुत गरेका थिए । 
    गाउँपालिकासस्द्वारा प्रस्तुत बजेटमा छिन्नमस्तालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास, विद्युत बिस्तार, सडक, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका शिर्षकलाई उच्च प्राथमिकतामा राखिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?