दैनिक समाचारदाता
राजविराज, १३ माघ ।
सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाको विभिन्न स्थानमा झुण्डाईएका झण्डा, पोस्टर सहितका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ ।
जिल्लामा आचारसंहिता उल्लंघन भईरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारसँगको छलफल पछि यस्तो निर्देशन दिएको हो ।
छलफलमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै आचारसंहिता विपरितका प्रचारसामग्री २४ घण्टाभित्र हटाउन निर्देशन दिए ।
उनले आचारसंहिता विपरित दल वा उम्मेदवारले राजविराजसहित जिल्लाको अन्य स्थानमा झुण्याएको प्रचारप्रसार सामग्री आफैले हटाउन आग्रह गर्दै नभए कारबाही प्रक्रिया अगाडी बढाउने बताए ।
२४ घण्टा पछि अनुगमन समितिले सबै ठाउँमा अनुगमन गर्ने र आचारसंहिता विपरित भेटिए कारबाही अगाडी बढाउने राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहितामा फागुन ४ गते देखि १८ गते सम्म मात्र प्रचारप्रसार सामग्री झुण्डयाउन सकिने उल्लेख रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।
छलफलमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
सारांश
- जिल्लामा आचारसंहिता उल्लंघन भईरहेको गुनासो बढेपछि राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारसँगको छलफल पछि यस्तो निर्देशन दिएको हो ।
- छलफलमा मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारलाई आचारसंहिता पालना गर्न आग्रह गर्दै आचारसंहिता विपरितका प्रचारसामग्री २४ घण्टाभित्र हटाउन निर्देशन दिए ।
- उनले आचारसंहिता विपरित दल वा उम्मेदवारले राजविराजसहित जिल्लाको अन्य स्थानमा झुण्याएको प्रचारप्रसार सामग्री आफैले हटाउन आग्रह गर्दै नभए कारबाही प्रक्रिया अगाडी बढाउने बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया