लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै

राजविराज राजविराज
|
बिहिबार, कार्तिक ११, २०७८
|
|
२४ पटक हेरिएको
Shares
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै

सारांश

  •     सप्तरीको छिन्नमस्ता गाउपालिका वडा नं.
  • ७ हाटीस्थित वडा अध्यक्ष प्रमिला यादबको अध्यक्षतामा आयोजित सदस्यता बितरण कार्यक्रममा ५ सय जनालाई सदस्यता बितरण गरेको हो ।
  •     सो अवसरमा लोसपा केन्द्रीय नेता जय प्रकाश ठाकुरले दलित, मुस्लिम, उत्पिडन वर्गको अधिकारसँगै राज्यमा सबै वर्गको अधिकारसँगै बिकासका लागि लड्ने एक मात्र बिकल्प लोसपा रहेकोले जनताले बिश्वास गरेर सप्तरीको सबै तहमा निर्वाचित गराउन आग्रह समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक । 
    लोकतान्त्रिक समाजवादी पार्टी नेपालले सदस्यता अभियानलाई निरन्तरता दिदै बिहीबार पनि सदस्यता बितरण गरेको छ ।
    सप्तरीको छिन्नमस्ता गाउपालिका वडा नं. ७ हाटीस्थित वडा अध्यक्ष प्रमिला यादबको अध्यक्षतामा आयोजित सदस्यता बितरण कार्यक्रममा ५ सय जनालाई सदस्यता बितरण गरेको हो ।
    सो अवसरमा लोसपा केन्द्रीय नेता जय प्रकाश ठाकुरले दलित, मुस्लिम, उत्पिडन वर्गको अधिकारसँगै राज्यमा सबै वर्गको अधिकारसँगै बिकासका लागि लड्ने एक मात्र बिकल्प लोसपा रहेकोले जनताले बिश्वास गरेर सप्तरीको सबै तहमा निर्वाचित गराउन आग्रह समेत गरे ।
    जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले छिन्नमस्ता गाउपालिका ७ को वडा भवन नहुदाँ वडा कार्यलय संचालनका लागि समस्या भईरहेको अबस्थामा ४ कठ्ठा जग्गा किनेर भवन निर्माण कार्यलाई तिव्रता दिएको जानकारी दिए । 
    पुर्व वडा अध्यक्ष समेत रहेका प्रमुख यादबले केही नेताहरू पदिय लोभलालचका कारण पार्टी छोडेर गएकोले त्यसले लोसपालाई केही फरक नपर्ने बताउदै जनताले त्यसता नेतालाई मुल्यांकन गरेर चुनावमा भोट दिनुपर्ने बताए ।
    उनले लोसपा नेपालले सप्तरीमा सबै तहमा चुनाव निर्वाचित हुने लक्ष्यका साथ सबै स्थानिय तहमा सदस्यता अभियानलाई सक्रियता साथ बढाएको जिकिर गरे ।
    राजबिराजका पुर्व नगर प्रमुख शैलेश चौधरीले मधेशीको अधिकारका लागि सयौ मधेशी सहादत सँगै हजारौ घाईते पश्चात् प्रदेश २ सरकारको निर्माण भए तर मधेशको अधिकार प्राप्त हुन नसकेको दु:ख व्यक्त गरे । उनले जसपाका अध्यक्ष उपेन्द्र यादबको निर्वाचन क्षेत्रको बिकासको अबस्था जिर्ण रहेकोले आप्mनो क्षेत्रकै राजबिराज नगरपालिकाको सडकको अबस्था लज्जास्पद रहेको उल्लेख गरे । 
    लोसपा केन्द्रीय नेता बिनोद कुमार सिँहले सप्तरीमा एक नम्वरको पार्टी बनाउने उद्देश्यका साथ सप्तरीमा गत राजपामा एक लाख जनाले सदस्यता लिएकोले पुन: यो पार्टीको एक लाख सदस्यता बितरण गर्ने लक्ष्य राखेको दाबी गरे । 
    सो अवसरमा पार्टीका जिल्ला अध्यक्ष मण्डलका सदस्य अमरनाथ मण्डल, छिन्नमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, यूवा नेता दिपेन्द्र चौधरीलगायतले मन्तब्य दिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
जनप्रतिनिधि र प्रशासनिक टोलीद्वारा कटान प्रभावित क्षेत्रको निरिक्षण
आईडियलको २ करोड ५० लाख मुनाफा
आईडियलको २ करोड ५० लाख मुनाफा
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
सप्तरी काँग्रेस महिला नेतृहरुले मनाए तीज महोत्सव 
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
रावि नपाले स्वास्थ सम्बन्धी  तीन बर्षे योजना बनाउँदै 
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
सप्तरीमै जटिल शल्यक्रिया  सफलतापूर्वक सम्पन्न
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह 
स्वास्थ्यकर्मीहरूलाई तैयारीका साथ श्रोतसाधन परिचालन गर्न आग्रह 
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने