दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी

राजविराज राजविराज
|
मंगलबार, श्रावण २८, २०७६
|
|
५१ पटक हेरिएको
Shares
दातापक्ष विभाजित हुँदा क्याम्पस दिवस स्थगन, झडप तथा क्यम्पसमा तालाबन्दी

सारांश

  •     आफूलाई उपेक्षा गरि एक पक्षिय ढंगले कार्यक्रम आयोजना गरेको भन्दै दाता परिवारका एक पक्षका सदस्यले तालाबन्दी गरेपछि क्याम्पसमा झडप हुँदा मंगलबार मनाइन लागिएको क्याम्पस दिवस सूचना टाँस गरि स्थगन भएको हो ।
  •       बि.
  • स.

चन्दनकुमार यादव
राजविराज, २८ साउन । 
    राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका दातापक्ष परिवार विभाजित हुँदा क्याम्पस दिवस स्थगन हुुनुका साथै क्याम्पसमा तालाबन्दी गरिएको छ । तालाबन्दीपश्चात् क्याम्पसमा झडप भएपछि कार्यक्रम नै स्थगन गर्नु परेको छ । 
    आफूलाई उपेक्षा गरि एक पक्षिय ढंगले कार्यक्रम आयोजना गरेको भन्दै दाता परिवारका एक पक्षका सदस्यले तालाबन्दी गरेपछि क्याम्पसमा झडप हुँदा मंगलबार मनाइन लागिएको क्याम्पस दिवस सूचना टाँस गरि स्थगन भएको हो । 
    बि.स. २०१४ सालमा स्थापना भएको क्याम्पसमा श्रावण शुल्क त्रियोदशीका दिन प्रत्येक वर्ष क्याम्पस दिवस मनाउँदै आएको छ । स्व. बिन्देश्वरी यादवले १ सय १७ विगहा जग्गा क्याम्पसलाई दिएका थिए ।  
    दाता स्व. यादवका जेठा छोरातर्फका नातिनी बुहारी रेणु यादवलाई मात्र पटक पटक सम्मान गर्ने र प्रमुख अतिथिका रुपमा बोलाउने गरेको भन्दै स्व. यादवका कान्छा छोरातर्फकी नातिनी बुहारी ललितादेवी लता यादव पक्षले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेपछि विवादले उग्र रुप लिएपछि क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्राले दिवस स्थगन गरेको जनाए । 
    उनले रेणु यादवलाई प्रमुख अतिथि बनाउने आफ्नो एकल नभई क्याम्पस प्रशासन र कर्मचारी सबैको सामूहिक निर्णय भएको भन्दै अनावश्यक विवाद उठाई कार्यक्रम नै भाँडिएको गुनासो पोखे । 
    समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेकी रेणु यादव जग्गादाता स्व. बिन्देश्वरी यादवका जेठा छोरा इन्द्रदेव यादवका एक मात्र छोरा स्व. अशोक यादवकी पत्नी हुन् भने ललितादेवी लता यादव कान्छो छोरा धर्मदेव यादवतर्फका छोरा राजेश यादवकी पत्नि हुन् ।
    क्याम्पस दिवसको सम्पूर्ण तयारी पूरा भई मंगलबार क्याम्पसको सभाकक्षमा आयोजित कार्यक्रममा रेणु यादवलाई प्रमुख अतिथि बनाउने थाहा पाएर ललिता देवी लता यादव पक्षका मान्छेले नाराबाजी गर्दै तालाबन्दी गरेपछि स्थिति तनावग्रस्त बन्यो ।
    तालाबन्दी गर्ने र खोलाउने पक्षबीच झडप नै हुन थालेपछि क्याम्पस प्रमुखले प्रहरी झिकाई स्थिति साम्य पार्ने प्रयास गरेका थिए । तालाबन्दी गर्ने पक्षका नेतृत्व गरेकी ललिता देवी लताले क्याम्पस प्रमुखले दाता परिवारका एक पक्षलाई सम्मान गर्ने र अर्को पक्षलाई अपमान गर्ने गरेका कारण बाध्य भई तालाबन्दीमा उत्रनु परेको आरोप लगाइन् । 
    अर्कोतर्फ पूर्व शिक्षा मन्त्री समेत रहेकी दाता परिवारकै अर्का सदस्य रेणु यादवले क्याम्पस प्रशासनले आफूलाई प्रमुख अतिथि बनाउने निर्णय गरेकाले सहभागि हुन आएको भन्दै यसमा अनावश्यक विवाद र बखेडा झिक्नु गलत भएको प्रतिक्रिया दिएकी छिन् । 
    यता क्याम्पस दिवसको भब्य तयारी गरिएका बेला दाता पक्षकै विवादका कारण कार्यक्रम स्थगित गरिएकोमा क्याम्पस प्रशासन तथा विद्यार्थीहरुमा निराशा छाएको छ । यता झडपको स्थिति सृजना भएपछि क्याम्पसको स्थापना दिवसमा दाता स्व. बिन्देश्वरी यादवको प्रतिमामा फुलमाला अर्पण गरि सूचना टाँस गर्दै स्थगित गरिएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
जिल्लाको विकासका लागि हरसम्भव प्रयासरत छु ः नेकपा प्रदेश २ सचिव प्याकुरले
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
पाँच सय किलो भन्दा बढी गाजा जलाएर नष्ट
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
विश्व शान्तिका लागि बेल्हीचपेनामा बिष्णुमहायज्ञ सुरू
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
आगलागिले दुई घरमा क्षति एक बालिका बेहोस
प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा मुख्यमन्त्री आउने 
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
सामुदायिक बिधालयहरूको शिक्षण विधि  प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान
२०४८ का ब्याजीहरुले गरे शिक्षक शिक्षिकालाई सम्मान