सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी

राजविराज राजविराज
|
सोमबार, जेठ १९, २०८२
|
|
७३ पटक हेरिएको
Shares
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी

सारांश

  •     रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित नुनथर बागमती नदीमा सोमबार नेपाली सेनाको मध्यपुर्वी पृतनाको आयोजनामा बिपद प्रतिकार्य सम्बन्धी हातेमालो अभ्यासको सातौ संस्करण २०८२ को समापन अवसरमा उनले यस्तो बताएका हुन् ।
  •       “विपद व्यवस्थापन र प्रतिकार्य जस्ता बिषय नागरीकसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले प्रदेश सरकारको बजेट बाँडफाँडमा यस विषयलाई प्राथमिकतामा राख्नु जरुरी छ ।
  • उनले भने, “बर्सेनि हुने गरेको बाढी, पहिरो, भू–क्षय, आगलागी, कटान, डुवान जस्ता विपदका कारण हुने गरेको जनधन र भौतिक क्षतिलाई मध्यनजर गरि गरिएको आजको अभ्यास महत्वपुर्ण छ ।

दैनिक समाचारदाता
रौतहट, १९ जेठ । 

    मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी बिपद ब्यबस्थापन र प्रतिकार्य नागरीकसँग प्रत्यक्ष सरोकारको बिषय भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्नु पर्ने बताएका छन् । 
    रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकास्थित नुनथर बागमती नदीमा सोमबार नेपाली सेनाको मध्यपुर्वी पृतनाको आयोजनामा बिपद प्रतिकार्य सम्बन्धी हातेमालो अभ्यासको सातौ संस्करण २०८२ को समापन अवसरमा उनले यस्तो बताएका हुन् । 
    “विपद व्यवस्थापन र प्रतिकार्य जस्ता बिषय नागरीकसंग प्रत्यक्ष सरोकार राख्ने बिषय भएकोले प्रदेश सरकारको बजेट बाँडफाँडमा यस विषयलाई प्राथमिकतामा राख्नु जरुरी छ । उनले भने, “बर्सेनि हुने गरेको बाढी, पहिरो, भू–क्षय, आगलागी, कटान, डुवान जस्ता विपदका कारण हुने गरेको जनधन र भौतिक क्षतिलाई मध्यनजर गरि गरिएको आजको अभ्यास महत्वपुर्ण छ ।”
    गृहमन्त्री लेखीले बाढी पहिरोका कारण बर्सेनी हुने मानवीय तथा भौतिक क्षतिलाई न्युनिकरण गर्न यस्ता बिपद प्रतिकार्य कार्यक्रमको महत्वपूर्ण भुमिका रहने गरेको उल्लेख गरे । उनले मौसमविद्हरुले यस बर्ष ३० बर्ष यताकै उच्च वर्षा हुने पुर्वानुमान गरिरहेको बेला सम्भावित जोखिम समेत उच्च रहेकाले नेपाली सेना बिपद् प्रतिकार्यको लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्ने बताए । 
    सरकारका प्रवक्ता समेत रहेको मन्त्री लेखीले नागरिकहरुको बाढी पहिरोका कारण हुन सक्ने क्षतिको न्युनिकरणका लागि तयारी अवस्थामा रहन नेपाली सेनालाई निर्देशन समेत दिए । 
    कार्यक्रममा सहभागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाली सेनाले कम श्रोत साधनमा पनि राम्रो कार्य गरिरहेको भन्दै शान्ति सुरक्षामा पर्याप्त बजेट विनियोजन गर्ने आश्वासन दिए ।
    यस बर्षको मनसुन भित्रिएसंगै बर्षाको कारण हुनसक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले बिपद प्रतिकार्यको हातेमालो अभ्यास गरिएको मध्य पुर्वी पृतना कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
पाँच रुँपैयादेखी २० हजार रुँपैयासम्म जरिवाना  गरिएका ४० फरार प्रतिवादी पक्राउ
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
सिटि रिक्सा र मोटरसाइकल  ठोकिदा एकको मृत्यु
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
हरियाली प्रवद्र्धृन र वन क्षेत्र बिस्तारका लागि ५० हजार बिरुवा निशुल्क बितरण
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
अध्यक्षलाई निजी सचिवालय र  अधिकृतलाई २५ हजार मासिक घर भाडा 
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
गजेन्द्र बाबुको सम्झनामा सप्तरीमा विभिन्न कार्यक्रम 
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो