पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने

राजविराज राजविराज
|
बुधबार, माघ २८, २०८२
|
|
६९ पटक हेरिएको
Shares
पिएम कप प्रदेश छनोटमा रौतहट बिजयी, फाइनलमा धनुषासँग भिड्ने

सारांश

  •     सप्तरी क्रिकेट संघको आयोजनामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रौतहटले ३० ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रनको मध्यम योगफल तयार पारेको थियो ।
  •       रौतहटका लागि दानिस अहमदले सर्वाधिक ३८ रनको योगदान दिए भने विजय गुप्ता २०, राहुल यादव १२, बिराट यादव ११ र डब्ली मलिकले १० रन जोडे ।
  • सप्तरीका बलर अजय यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएर रौतहटको इनिङ्स धरापमा पारेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २८ माघ । 

    राजविराजमा जारि प्रधानमन्त्री कप एकदिवसीय प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा रौतहटले आयोजक सप्तरीलाई ७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा रौतहटले धुनाषसँग भिड्ने छ । 
    सप्तरी क्रिकेट संघको आयोजनामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रौतहटले ३० ओभरमा सबै विकेट गुमाउँदै १ सय २७ रनको मध्यम योगफल तयार पारेको थियो । 
    रौतहटका लागि दानिस अहमदले सर्वाधिक ३८ रनको योगदान दिए भने विजय गुप्ता २०, राहुल यादव १२, बिराट यादव ११ र डब्ली मलिकले १० रन जोडे । सप्तरीका बलर अजय यादवले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएर रौतहटको इनिङ्स धरापमा पारेका थिए । उनलाई पप्पु यादव (बि), अभिषेक कार्की, करण बहादुर बिक, संजिव मण्डल र रोबिन सिंहले समान १÷१ विकेट लिएर साथ दिएका थिए ।
    एक सय २८ रनको लक्ष्य पछ्याएको सप्तरीले सुरुवातदेखि नै दबाब खेप्नुपरेको थियो । २८ ओभर ४ बलमा सबै विकेट गुमाउँदै सप्तरी १ सय २० रनमै सीमित भयो । रोहन बिकले सर्वाधिक ४४ रन बनाए पनि टोलीलाई जितसम्म पु¥याउन सकेनन् । पप्पु यादव (बि) ले १७ रन बनाउँदा भोला साह र नितेश यादव (बि) ले समान १६÷१६ रनको योगदान दिएका थिए ।
    रौतहटका अरबिन्द बैठाले घातक बलिङ गर्दै ५ महत्वपूर्ण विकेट लिएपछि खेल रौतहटको पक्षमा मोडिएको थियो । उनलाई मोहन घिमिरेले ३ विकेट लिएर बलियो साथ दिए भने राजेश यादव र रियाज शेखले १÷१ विकेट हात पारे । उत्कृष्ट प्रदर्शनका लागि अरबिन्द बैठा ‘प्लेयर अफ दि म्याच’ घोषित भए ।
    उता बाराको कलैयामा जारी दोस्रो सेमिफाइनल खेलमा धनुषाले बारालाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । प्रतियोगिताको उपाधिका लागि फागुन १ गते बाराको कलैयामा रौतहट र धनुषाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
    सप्तरी क्रिकेट संघका सचिव चन्दनकुमार यादवका अनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिताले स्थानीय प्रतिभावान खेलाडीहरूलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ । यस प्रतियोगिताबाट मधेश प्रदेशको टोली छनोट भई आगामी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
जिल्लाका विभिन्न स्थानका वन क्षेत्रमा १२ वटा पोखरीको जिर्णोद्वार, ५० हजार बिरुवा निशुल्क बितरण
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
वडा नं. २ को एक टोलमा बिजुली बलेपछि बलानबिहुलमा पूर्णरुपले विद्युतीकरण सम्पन्न
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
अपाङ्गता भएकाहरुको शिक्षामा पहँुचका लागि सम्वाद
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
नेकपा जिल्ला कमिटी चयनमा सिनियर कमरेडहरुलाई वेवास्ता गरिएको आरोप
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी 
बारालाई प्रदेश स्तरीय क्रिकेटको उपाधी 
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ
अनाधिकृत रुपमा विद्युत चोरी गर्ने १ सय १४ जना पक्राउ