डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता

राजविराज राजविराज
|
सोमबार, श्रावण ७, २०८१
|
|
३९ पटक हेरिएको
Shares
डाक्नेश्वरीका नगरप्रमुख मलाहद्वारा  ब्याजसहित रकम फिर्ता

सारांश

  •     उनले सो रकम साउन ६ गते बैंकमार्फत नगरपालिकाको राजस्व खातामा जम्मा गरेका हुन् ।
  •       नगरपालिकाको वडा नं.
  • ८ प्रवाहा टोलस्थित रमन पोखरीमा घाट निर्माणका लागि आ.

दैनिक समाचारदाता
राजविराज, ७ साउन । 

    सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले आफ्नो नीजि पोखरीमा निर्माण भएको घाटको लागत खर्च र ब्याजसहितको रकम फिर्ता गरेका छन् । 
    उनले सो रकम साउन ६ गते बैंकमार्फत नगरपालिकाको राजस्व खातामा जम्मा गरेका हुन् । 
    नगरपालिकाको वडा नं. ८ प्रवाहा टोलस्थित रमन पोखरीमा घाट निर्माणका लागि आ.ब. ०७९÷८० को ५ लाखको बजेट विनियोजन भएको थियो । सो रकम मध्ये ४ लाख ८४ हजार ७ सय ३० मा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो । 
    पालिका प्रमुख मलाहले उक्त कार्यका लागि आवश्यक पर्ने जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए । मन्जुरनामा गरेको जग्गा हाल बैंकमा धितोमा रहकोले नगरपालिकालाई हालसम्म उपलब्ध गराउन सकेका थिएनन् । 
    सोही क्रममा नीजि पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि लागत रकम नगरपालिकाको राजस्व खातामा जम्मा गरेको नगर प्रमुख मलाहले जानकारी दिए । उनका अनुसार घाट निर्माणमा लगानी गरिएको ४ लाख ८४ हजार ७ सय ३० को व्याजसहित ५ लाख ५१ हजार नगरपालिकाको खातामा जम्मा गरिएको छ । 
    रकम जम्मा गर्दै उनले सार्वजनिक हितका लागि घाट प्रयोगमा कुनै बाधा नपु¥याउने प्रतिबद्धता समेत जनाए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार दत्तलाई मातृशोक
पत्रकार दत्तलाई मातृशोक
दुर्घटनामा एकको मृत्यु,  एकको अवस्था गम्भिर
सय किलो गाजा बरामद
सय किलो गाजा बरामद
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
नवनिर्वाचित प्रदेशसभा सदस्य  साह पुरानै पेशामा समेत सक्रिय
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
रोजगारीका लागी विदेशिएका दिपकको मृत्यु भएपछी विचल्लीमा परिवार, ९ दिन देखी शव कुर्दै रेणु र दुई नाबालक सन्तान
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सामाजिक विकास मन्त्रीद्वारा भगवती मुर्तीको स्थापनासँगै उद्घाटन
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
सप्तरीमा २० हजारको हाराहारीमा एकल  महिला भएको तथ्याङ्क सार्वजनिक
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ