मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन

राजविराज राजविराज
|
मंगलबार, पौष २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मल्हनियामा बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीको उद्घाटन

सारांश

  •     निर्माण भएको स्वास्थ्य चौकीको जग्गादाता गुलाबीदेवी यादव, उनका छोरा डा.
  • चन्द्र नारायण यादव, गाउँपालिका अध्यक्ष अध्यक्ष दयानन्द गोइत, उपाध्यक्ष रुबी गुप्ताले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन् ।
  •     मल्हनिया निवासी गुलाब देवी यादवले स्वास्थ्य चौकी निर्माणका लागि ७ कठ्ठा जग्गा निशुल्क प्रदान गरेपछि सहरी विकास मन्त्रालयको अनुदान २ करोड ६० लाख ३० हजार रकमबाट उक्त स्वास्थ्य चौकी निर्माण भएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 
    सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियामा मंगलबार एक कार्यक्रमबीच नवनिर्मित स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । 
    निर्माण भएको स्वास्थ्य चौकीको जग्गादाता गुलाबीदेवी यादव, उनका छोरा डा. चन्द्र नारायण यादव, गाउँपालिका अध्यक्ष अध्यक्ष दयानन्द गोइत, उपाध्यक्ष रुबी गुप्ताले संयुक्त रुपमा रिबन काटी उद्घाटन गरेका हुन् ।
    मल्हनिया निवासी गुलाब देवी यादवले स्वास्थ्य चौकी निर्माणका लागि ७ कठ्ठा जग्गा निशुल्क प्रदान गरेपछि सहरी विकास मन्त्रालयको अनुदान २ करोड ६० लाख ३० हजार रकमबाट उक्त स्वास्थ्य चौकी निर्माण भएको गाउँपालिका अध्यक्ष गोइतले जानकारी दिएका छन् । निशुल्क जग्गा दिने जग्गादाता गुलाब देवी र उनका छोरा डा. चन्द्र नारायण यादवलाई सोही कार्यक्रममा कदरपत्र र दोसल्ला ओढाई गाउँपालिका अध्यक्ष गोइतले सम्मान समेत गरे । 
    वडकी टोल मल्हनियामा निर्माण भएको दुई तल्ले स्वास्थ्य चौकीमा ६ कोठा, १० वटा शौचालय र ३ वटा काउण्टर रहेका छन् । नेपाल सरकारबाट सात जनाको दरबन्दी र करारमा एक जना गरि उक्त स्वास्थ्य चौकीमा ८ जना कर्मचारी रहेका छन् । जसमा एक जना हेल्थ असिस्टेन्ट, एक जना सिनियर अहेब, दुई जना अहेब, तीन जना अनमी र एक जना कार्यलय सहयोगी छन् । त्यस्तै तीन वटा बर्थिङ बेड पनि रहेको छ । 
    यस्तै आवत जावतका लागि मूल सडकदेखी नवनिर्मित भवनसम्म सडक निर्माण समेत गरिएको छ । झण्डै २० लाखको बजेटमा गाउँपालिकाले सो ढलान सडक निर्माण गरेको अध्यक्ष गोइतले बताए । 
    आयोजित कार्यक्रममा जिल्ला जनस्वास्थ्य सप्तरीका प्रमुख दुनियालाल यादव, वडा नं. १ का अध्यक्ष बैधनाथ यादव, पूर्व गाविस अध्यक्षद्वय अरुण कुमार गोइत, सत्यनारायण यादवलगयत विभिन्न वडाका अध्यक्षहरु, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
न्याय सम्पादन कार्यमा दलित महिला 
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
छात्रवृति रकममा थप रकम जुटाई सबै बालबालिकालाई पोशाक बितरण
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
स्ववियु निर्वाचनको २४ घण्टा बितिसक्दा पनि विवादका कारण सुरु हुन सकेन् मतगणना, दिनभरी भित्र छलफल, बाहिर प्रदर्शन
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
असक्तलाई सिरक प्रदान
असक्तलाई सिरक प्रदान
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
नवनिर्वाचित पदाधिकारीलाई काँग्रेसको शुभकामना र सम्मान
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण