दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २०, २०७९
|
|
७९ पटक हेरिएको
Shares
दुई सय ४० ग्राम ब्राउन सुगरसहित १ सय ४१ जना लागुऔषध कारोवारी तथा सेवनकर्ता पक्राउ

सारांश

  •     प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका १ सय ४१ जनाका साथबाट प्रहरीले २ सय ४० ग्राम ब्राउन सुगरसहित ६ हजार २ सय ५७ नाइट्रोभेट, ६ सय ६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्यावलेट बरामद गरिएको छ ।
  •       यस्तै फेराएगन एम्पुल १ हजार २ सय २९, नोफिन ७ सय ८८, डाइजिल्याब २ सय १४ एम्पुल, डाइजेफाम १ हजार २ सय ९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेन्स डिसी ४ सय १६ बोतल, स्पास्मोप्रोसमिटन १ हजार २ सय ७ र लिजेसिक एम्पुल ४ सय २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
  •       यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा लागु औषध कारोबार तथा सेवनतर्फ १ सय ५३ जना पक्राउ परेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २० साउन । 

    सप्तरी जिल्लामा लागु औषध सेवनकर्ता र कारोबारीको संख्या बढ्दै गएको छ । एक वर्षको अवधीमा लागु औषध कारोबार तथा सेवन गर्ने कसुरमा १ सय ४१ जना पक्राउ परेका छन भने सो कार्यमा संलग्न ४ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
    प्रहरीका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागु औषधसहित पक्राउ परेका १ सय ४१ जनाका साथबाट प्रहरीले २ सय ४० ग्राम ब्राउन सुगरसहित ६ हजार २ सय ५७ नाइट्रोभेट, ६ सय ६३ नाइट्रोजन र १२ नाइट्राजेफान ट्यावलेट बरामद गरिएको छ । 
    यस्तै फेराएगन एम्पुल १ हजार २ सय २९, नोफिन ७ सय ८८, डाइजिल्याब २ सय १४ एम्पुल, डाइजेफाम १ हजार २ सय ९४ एम्पुृल, प्रोमोथाइजिन ९६, डाइलेन्स डिसी ४ सय १६ बोतल, स्पास्मोप्रोसमिटन १ हजार २ सय ७ र लिजेसिक एम्पुल ४ सय २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् । 
    यसअघि आर्थिक वर्ष २०७७÷०७८ मा लागु औषध कारोबार तथा सेवनतर्फ १ सय ५३ जना पक्राउ परेका थिए । 
    लागू औषधको कारोबार र कुलतमा अधिकाँश युवाहरु नै संलग्न रहेको पाइएकोले सीमा नाकाको क्षेत्रमा निगरानी बढाइनुका साथै सचेतनाका विभिन्न कार्यक्रम अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    यस्तै नेपाल भारत खुला सिमाना र उचित शिक्षा तथा अभिभावकको निगरानीको अभावले लागू औषधको कुलतमा युवाहरु फसेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
गौं हत्या गर्नेमाथी कारवाहीको माग गर्दै ज्ञापन
प्रजातन्त्र दिवसमा प्रभातफेरी
प्रजातन्त्र दिवसमा प्रभातफेरी
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
शिक्षक र विद्यालय कर्मचारी धर्नामा
शिक्षक र विद्यालय कर्मचारी धर्नामा
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
असक्त र विपन्न समुदायका बालबालिकालाई न्यानो कपडासँगै शैक्षिक सामाग्रि
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते
आफैले चलाएको ट्रक दुर्घटनामा छोरीको मृत्यु, श्रीमती र छोरा घाइते
कोशी पीडितको समस्या  समाधानका लागि प्रक्रिया सुरु 
कोशी पीडितको समस्या  समाधानका लागि प्रक्रिया सुरु