दैनिक समाचारदाता
राजविराज, ३० भदौं ।
झण्डै साढे पाँच महिनापछि सप्तरीमा निषेधज्ञा हटाएकै दिन मंगलबार जिल्लामा ५२ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।
राजविराज नगरपालिकाका ३३ जना सँगै सप्तरी जिल्ला अदालतका चार कर्मचारी, छिन्नमस्ता अस्पतालका दुई कर्मचारी र नेपाल प्रहरीका एक जना गरी समेत गरी जिल्लमा ५२ जना नयाँ संक्रमितको पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा अदालतका २६, ३०, ४० र ४९ वर्षीय पुरुष रहेका छन भने छिन्नमस्ता अस्पताका २१ वर्षीय एक पुरुष र २३ वर्षीय एक महिल तथा ३७ वर्षीय एक प्रहरी समेतमा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै हनुमाननगर कंकालनी नगरपालिकाका ६ जना, बलानविहुल गाउँपालिका र शम्भुनाथ नगरपालिकाका १÷१ जना तथा महदेबा गाँपालिका दुई जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्ला बाहिर मोरङ्गका एक जना, सिरहाका एक जना र महोत्तरीका एक जना समेत गरी ५५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
सोमबार मात्रै कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकबाट मंगलबारदेखि सप्तरीमा निषेधज्ञा अन्त्य हुने निर्णय गरेका थियो ।
सप्तरीमा निषेधाज्ञा अन्त्य भएकै दिन ५२ नयाँ संक्रमित थपिए
सारांश
- राजविराज नगरपालिकाका ३३ जना सँगै सप्तरी जिल्ला अदालतका चार कर्मचारी, छिन्नमस्ता अस्पतालका दुई कर्मचारी र नेपाल प्रहरीका एक जना गरी समेत गरी जिल्लमा ५२ जना नयाँ संक्रमितको पुष्टि भएको हो ।
- संक्रमित हुनेहरुमा अदालतका २६, ३०, ४० र ४९ वर्षीय पुरुष रहेका छन भने छिन्नमस्ता अस्पताका २१ वर्षीय एक पुरुष र २३ वर्षीय एक महिल तथा ३७ वर्षीय एक प्रहरी समेतमा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
- त्यस्तै हनुमाननगर कंकालनी नगरपालिकाका ६ जना, बलानविहुल गाउँपालिका र शम्भुनाथ नगरपालिकाका १÷१ जना तथा महदेबा गाँपालिका दुई जनामा संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया