आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने

राजविराज राजविराज
|
बुधबार, आश्विन २०, २०७८
|
|
२३ पटक हेरिएको
Shares
आन्दोलनरत बाल शिक्षक तथा कर्मचारीहरुले आफ्ना  माँगहरु एसएमएस र फेसबुक मार्फत जानकारी गराउने

सारांश

  •     राजविराज नगरपालिकाको कार्यालयमा धर्नामा बसेका उनीहरु धर्ना स्थलबाटै संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
  •       आन्दोलन संघर्ष समितिकी अध्यक्ष सुमित्रा दासको अध्यक्षतामा बसेको बैठकले असोज २२ गते मेयर, उपमेयर, प्रमुृख प्रशासकीय अधिकृत अधिकृतहरुलाई एसएमएस मार्फत मागहरु बारे जानकारी गराउने, असोज २३ गते “आन्दोलन जारि छ” भन्ने शिर्षकमा फेसबुकमार्फत जानकारी गराइने, असोज २४ गते राजविराज नगरपालिकाका १६ वटै वडा अध्यक्षलाई मोबाइलमार्फत एसएमएसद्वारा माँगहरु बारे जानकारी गराइने लगायतका निर्णयहरु गरिएको छ ।
  •       नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट अनुसार सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराउनु पर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राविधिक ग्रेड तथा सामुदायिक विद्यालयमा कार्यरत भई अनिवार्य अवकाश तहत सेवा निवृत भएका शिक्षकहरुको छुट प्राविधि ग्रेड समेत उपलब्ध गराउन गठित संघर्ष समितिको माग रहेको छ ।

दैनिक समाचारदाता
राजविराज, २० असोज । 
    सरकारले उपलब्ध गराएको तलब सुविधा नपाएको भन्दै धर्नामा बसेका राजविराजका बाल शिक्षक तथा कर्मचारीहरु बुधबार पनि धर्ना कार्यक्रमलाई निरन्तरता दिँदै संघर्षका थप कार्यक्रम सार्वजनिक गरेका छन् । 
    राजविराज नगरपालिकाको कार्यालयमा धर्नामा बसेका उनीहरु धर्ना स्थलबाटै संघर्षका थप कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । 
    आन्दोलन संघर्ष समितिकी अध्यक्ष सुमित्रा दासको अध्यक्षतामा बसेको बैठकले असोज २२ गते मेयर, उपमेयर, प्रमुृख प्रशासकीय अधिकृत अधिकृतहरुलाई एसएमएस मार्फत मागहरु बारे जानकारी गराउने, असोज २३ गते “आन्दोलन जारि छ” भन्ने शिर्षकमा फेसबुकमार्फत जानकारी गराइने, असोज २४ गते राजविराज नगरपालिकाका १६ वटै वडा अध्यक्षलाई मोबाइलमार्फत एसएमएसद्वारा माँगहरु बारे जानकारी गराइने लगायतका निर्णयहरु गरिएको छ । 
    नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेट अनुसार सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीहरुको तलब सुविधा उपलब्ध गराउनु पर्ने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राविधिक ग्रेड तथा सामुदायिक विद्यालयमा कार्यरत भई अनिवार्य अवकाश तहत सेवा निवृत भएका शिक्षकहरुको छुट प्राविधि ग्रेड समेत उपलब्ध गराउन गठित संघर्ष समितिको माग रहेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ