दैनिक समाचारदाता
राजबिराज १५, कात्तिक ।
रंजितपुर राईडर्स रंजितपुरको आयोजनमा तथा बिष्णुपुर गाँउपालीकाको सहयोगमा र सप्तरी क्रिकेट सँघको संयोजनमा संचालित प्रतियोगितामाको उद्घाटन खेलमा सिरहा बिजयी भएको छ । सिरहाले सप्तरीलाई ४२ रनले पराजित गरेको हो ।
क्रिकेट ऐकेडमी सिरहाले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा तीन बिकेट गुमाई १ सय ५२ रन बनाउन सफल भएको थियो ।
जसमा सिरहाका बिकल बिष्टले अविजित ४९ रन जोडे भने मुवारक अलीले अविजित २५ रन तथा दिलिप यादब २६ र अशोक साहले २५ रन बनाएका थिए ।
यसैगरी बलिंगतर्फ अर्नाहा सप्तरीका श्रीकान्त चौधरी ले २ बिकेट तथा खुर्सिद अबदुल्लाहले १ बिकेट हात पारेका थिए ।
जवाफमा १ सय ३० रनको लक्ष्य लिई मैदानमा आर्लेका अर्नाहा टिमले सबै विकेट गुमाई ८८ रन मै सिमित रह्यो । जसमा अजय मण्डल १८ प्रियान्स श्रेष्ठ १७ दिलिप चौधरी तथा सुभाषचन्द्र चौधरी १८ र १८ बाहेक कुनै खेलाडी दोहोरो अंक बनाउन सकेनन् ।
बलिंग तर्फ सिरहाका दिलिप यादब ३ बिकेट, अफरूदिन रहमान २ बिकेट तथा फदेह सिदिकी, प्रदिप पंडित ले १ र १ बिकेट लिएका थिए ।
खेलको म्यान अफ दि म्याच दिलिप यादव घोषति भए भने दोस्रो खेल कार्तिक १८ गते बजाज युथ क्रिकेट ऐकेडमी राजबिराज तथा सीता बिदिया आशरम धनुषा बिच हुने आयोजकले जनाएको छ ।
यसअघि प्रतियोगिताको प्रदेश २ का सासंद मोहम्मद समिम तथा नेपाली काँग्रेस सप्तरीका अध्यक्ष दिनेश यादवले ब्याटिंग र बलिंग गर्दै उद्घाटन गरेका थिए ।
सो अवसरमा बिष्णुपुर गाँउपालिका अध्यक्ष लिलाम्वर यादब, वडा नं. ६ का अध्यक्ष बहादुर सदा, वडा सचिव भुनेश्वर राउत, नेवि सँघ केन्द्रीय सदस्य नन्दकिशोर यादब, रंजितपुर राईर्डसका अध्यक्ष उदित यादबव प्रतियोगिता संयोजक प्रमानन्द यादब, सप्तरी क्रिकेट संघका सदस्य चन्दनकुमार यादब, प्रशिक्षक धर्मेन्द्र चौधरी, पुर्व क्रिकेटर सुरेन्द्र नाथ सिंह, एम्पाएर प्यानलका अध्यक्ष निरज सिंह, समाजसेवी बिन्देश्वर यादब, कसुम लाल यादब, पंचदेब यादब, सुशील साह, दिनेश यादब लगायतको उपस्थिति रहेको थियो ।
पहिलो मिथिला कप टि ट्वान्टी जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहाले सप्तरीलाई हरायो
सारांश
- क्रिकेट ऐकेडमी सिरहाले टस जितेर पहिलो ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा तीन बिकेट गुमाई १ सय ५२ रन बनाउन सफल भएको थियो ।
- जसमा सिरहाका बिकल बिष्टले अविजित ४९ रन जोडे भने मुवारक अलीले अविजित २५ रन तथा दिलिप यादब २६ र अशोक साहले २५ रन बनाएका थिए ।
- यसैगरी बलिंगतर्फ अर्नाहा सप्तरीका श्रीकान्त चौधरी ले २ बिकेट तथा खुर्सिद अबदुल्लाहले १ बिकेट हात पारेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया