दैनिक समाचारदाता
राजविराज, १ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीस्थित कार्यालयले जिल्ला फुटवल संघ सप्तरीसँग मधेश प्रदेश सरकारबाट प्राप्त रकमको खर्च विवरण माग गरेको छ ।
मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधिका लागि प्राप्त रकमको दुरुपयोग भएको भन्दै उजुरी आएपछि अख्तियारको कार्यालयले शुक्रवार जिल्ला फुटवल संघ सप्तरीलाई राय सहितको कागजात र विवरण उपलब्ध गराउन पत्र काटेको हो ।
पत्रमा “मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधि संचालन गर्न प्राप्त भएको ७० हजार रुपैयाँ के कुन कामका लागि कसरी खर्च गरियो वा खर्च नभएको भए रकम के कहाँ राखिएको छ ?” उल्लेख छ ।
सोही पत्रमा कागजातहरुको प्रमाणित प्रतिलिपि तथा संघको नेपाल बैंक लिमिटेड शाखा राजविराजमा रहेको खाताको २०७९ बैशाख १ देखि २०७९ कार्तिक २९ सम्मको बैंक स्टेटमेन्ट समेतको प्रमाणित प्रतिलिपि यथाशीघ्र कार्यालयको अनुसन्धान शाखामा पठाउनु भनी उल्लेख गरिएको छ ।
पत्रमा उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ । उजुरी कर्ताको पत्र दर्ता भई सत्य तथ्य बुझ्न अनुसन्धान थालिएको आयोगले जनाएको छ ।
फुटबल संघ सप्तरीसँग अख्तियारले माग्यो खर्च विवरणको कागजात
सारांश
- मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधिका लागि प्राप्त रकमको दुरुपयोग भएको भन्दै उजुरी आएपछि अख्तियारको कार्यालयले शुक्रवार जिल्ला फुटवल संघ सप्तरीलाई राय सहितको कागजात र विवरण उपलब्ध गराउन पत्र काटेको हो ।
- पत्रमा “मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधि संचालन गर्न प्राप्त भएको ७० हजार रुपैयाँ के कुन कामका लागि कसरी खर्च गरियो वा खर्च नभएको भए रकम के कहाँ राखिएको छ ?
- ” उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया