दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
जग्गा धितो राखेर ऋण लिएको र उक्त ऋणमा ब्याज जोडेर बुझाउँदा समेत आफ्नो धितो स्वरुप राखिएको जग्गा फिर्ता नगरेको भन्दै दुई दर्जन व्यक्ति न्यायका लागि संचारकर्मीसँग आग्रह गरेका छन् ।
राजबिराजमा मंगलबार पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरि आफूहरु ठगिएको बारे जानकारी गराउँदै जिल्लाको खडक नगरपालिका ७ कल्याणपुर निवासी मिटरब्याजी रामदेव साहले धितो फिर्ता नगरि फरार भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा पीडितहरुले ऋण चुक्ता गर्दा समेत धितो राखेको जग्गा फिर्ता नगरेको आरोप लागाए । बोदेबर्साईन नगरपालिका ५ का मो. तैयव अलिले १ कठ्ठा ८ धुर जग्गा धितो राखी ३८ लाख ऋण लिएको र ४५ लाख २० हजार चुक्ता गरिसके पनि साहले जग्गा फिर्ता गर्न नमाने बताए ।
पीडित अलिले आफ्नो करोडौं पर्ने जग्गा मिटरब्याजी साहले बिक्रि गरिसकेको जानकारी दिँदै आफु अन्ययामा परेको गुनासो गरे ।
यस्तै सुरुङ्गा नगरपालिका ६ का गुलावचन्द्र साहले जग्गा धितो राखी ऋण लिएपनि ऋण चुक्ता गर्दा समेत जमिन फिर्ता गर्न नमानेको आरोप लगाए । साहसँगै खडक नगरपालिका ६ का छेदिलाल पासवान, बोदेबर्साईन नगरपालिका ५ का रामप्रसाद खत्बे, बोदेबर्साईन ९ का दिलिप खत्वे, खडक नगरपालिका ८ का बच्चालाल साह, सुरुङ्गा नगरपालिका ४ का सबुरलाल चौधरी, शम्भुनाथ ११ का बिनोद मण्डललगायतले पनि जग्गा धितो राखी ऋण लिएको र तेब्बर ब्याजसहितको सबै ऋण बुझाउन खोज्दा साह सम्पर्कमा आउन नचाहेको आरोप लगाए ।
चर्को ब्याज जोडेर रकम फिर्ता गर्दा समेत धितो फिर्ता नगरेको आरोप
सारांश
- राजबिराजमा मंगलबार पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरि आफूहरु ठगिएको बारे जानकारी गराउँदै जिल्लाको खडक नगरपालिका ७ कल्याणपुर निवासी मिटरब्याजी रामदेव साहले धितो फिर्ता नगरि फरार भएको बताएका छन् ।
- पत्रकार सम्मेलनमा पीडितहरुले ऋण चुक्ता गर्दा समेत धितो राखेको जग्गा फिर्ता नगरेको आरोप लागाए ।
- बोदेबर्साईन नगरपालिका ५ का मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया