दैनिक समाचारदाता
राजविराज, १५ असोज ।
सप्तरीको राजगढ गाउपालिका वडा नं. ३ स्थित दिनाभद्री खानेपानी सरसफाई आयोजना निर्माणको एक कार्यक्रम बिच शुक्रबार शिलान्यास गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, राजगढ गाउपालिका अध्यक्ष परमानन्द यादब र महुली सामुदायिक विकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले संयुक्त रूपमा उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
नर्घाे पछवारी टोलस्थित दलित बस्तीमा स्थानिय जिराय सदाले ६ धुर जग्गा उपलब्ध गराएपछि बिएमजेड/ भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग, महुली समुदाय बिकास केन्द्र नेपालको सहकार्य र राजगढ गाउँपालिकाको साझेदारीमा उक्त खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।
गाउँपालिकाको ७५ लाख, भिसिएको ५० लाख तथा बाँकी उपभोक्ता समितिको श्रमदान गरि कुल १ करोड ३३ लाख ११ हजार ८ सय ७१ रूपैयाको लागतमा १ सय २५ घरधुरीका लागि खानेपानी आयोजना निर्माण गरिने गाउपालिका अध्यक्ष परमानन्द यादबले बताए ।
२०७८ असोज ७ गतेदेखि सुरू भई चैत्र मसान्त भित्र उक्त कार्य सम्पन्न गर्ने सम्झौता भएको महुली सामुदाय बिकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले जानकारी दिए ।
उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ, नेपाल पत्रकार महासंघका सहसचिवद्वय चन्दनकुमार यादब, गोपाल गुप्ता लगायत स्थानियबासीहरूको उपस्थिति रहेको थियो ।
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
सारांश
- प्रमुख जिल्ला अधिकारी जनार्धन गौतम, राजगढ गाउपालिका अध्यक्ष परमानन्द यादब र महुली सामुदायिक विकास केन्द्र नेपालका निर्देशक प्रभुनारायण चौधरीले संयुक्त रूपमा उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
- नर्घाे पछवारी टोलस्थित दलित बस्तीमा स्थानिय जिराय सदाले ६ धुर जग्गा उपलब्ध गराएपछि बिएमजेड/ भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग, महुली समुदाय बिकास केन्द्र नेपालको सहकार्य र राजगढ गाउँपालिकाको साझेदारीमा उक्त खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो ।
- गाउँपालिकाको ७५ लाख, भिसिएको ५० लाख तथा बाँकी उपभोक्ता समितिको श्रमदान गरि कुल १ करोड ३३ लाख ११ हजार ८ सय ७१ रूपैयाको लागतमा १ सय २५ घरधुरीका लागि खानेपानी आयोजना निर्माण गरिने गाउपालिका अध्यक्ष परमानन्द यादबले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया