सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा

राजविराज राजविराज
|
बुधबार, मंसिर १४, २०७९
|
|
४८ पटक हेरिएको
Shares
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा

सारांश

  •     सप्तरी क्षेत्र नं.
  • ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले घोषणापत्र प्रस्तुत गर्दै सुरूङ्गा नगरपालिकालाई बालबिवाह मुक्त नगर घोषणा गरे ।
  •       सुरूङ्गा नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सबल नेपाल सहयोगको आयोजित घोषणा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाह मुक्त नगरपालिका घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १४ वटा सबै सुचक पुरा गरेपछि नगरपालिका बालविवाह मुक्त नगर घोषणा गरिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    सप्तरीको सुरुङ्गा नगरपालिकालाई मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगर घोषणा गरिएको छ । बुधबार एक समारोहबीच उक्त नगरपालिका अन्तरगत सबै ११ वटै वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । 
    सप्तरी क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले घोषणापत्र प्रस्तुत गर्दै सुरूङ्गा नगरपालिकालाई बालबिवाह मुक्त नगर घोषणा गरे । 
    सुरूङ्गा नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सबल नेपाल सहयोगको आयोजित घोषणा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाह मुक्त नगरपालिका घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १४ वटा सबै सुचक पुरा गरेपछि नगरपालिका बालविवाह मुक्त नगर घोषणा गरिएको जानकारी दिए । 
    बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार घरदैलो अभियानमार्फत बस्ती तथा वडाका सबै बालवालिका, किशोरकिशोरी र अभिभावकहरूलाई बालविवाहका बिषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराई बालविवाह हुन नदिन र कदाचित भएमा कानुनी प्रक्रिया अबलम्बन गर्ने सहितका सुचक पूरा गरेपछि घोषणा गरिएको नगर प्रमुख गिता चौधरीले बताईन । 
    प्रतिवेदनमा बि.स ०७८ मंसिर देखी ०७९ कार्तिक सम्म वडा १ देखि ११ सम्ममा जम्मा बिवाह ३ सय ३५ भएको र त्यस मध्ये १८ बर्ष मुनीको १ वटा विवाह तथा २० बर्ष मुनीका १८ वटा विवाह मात्र भएको सुचक अनुसार ५ प्रतिशत वालबिवाह मात्र देखिएकोले ९० प्रतिशत सुचक पूरा गरेपछि घोषणा गरिएको प्रशासकिय अधिकृत सिंहले जानकारी दिए । 
    कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला वन कार्यालय प्रमुख हेमन्त साह, पुर्व नगरप्रमुख मुक्तीनाथ चौधरी, सेभ द चिल्ड्रेन क्षेत्रिय प्रबन्धक प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य अबधेश झा, सबल नेपालका अध्यक्ष जुना गिरी, निर्देशक दिपक झा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?