सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा

राजविराज राजविराज
|
बुधबार, मंसिर १४, २०७९
|
|
७२ पटक हेरिएको
Shares
सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशको पहिलो बालविवाह मुक्त नगर घोषणा

सारांश

  •     सप्तरी क्षेत्र नं.
  • ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले घोषणापत्र प्रस्तुत गर्दै सुरूङ्गा नगरपालिकालाई बालबिवाह मुक्त नगर घोषणा गरे ।
  •       सुरूङ्गा नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सबल नेपाल सहयोगको आयोजित घोषणा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाह मुक्त नगरपालिका घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १४ वटा सबै सुचक पुरा गरेपछि नगरपालिका बालविवाह मुक्त नगर घोषणा गरिएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 

    सप्तरीको सुरुङ्गा नगरपालिकालाई मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगर घोषणा गरिएको छ । बुधबार एक समारोहबीच उक्त नगरपालिका अन्तरगत सबै ११ वटै वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । 
    सप्तरी क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले घोषणापत्र प्रस्तुत गर्दै सुरूङ्गा नगरपालिकालाई बालबिवाह मुक्त नगर घोषणा गरे । 
    सुरूङ्गा नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सबल नेपाल सहयोगको आयोजित घोषणा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले बालविवाह मुक्त नगरपालिका घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १४ वटा सबै सुचक पुरा गरेपछि नगरपालिका बालविवाह मुक्त नगर घोषणा गरिएको जानकारी दिए । 
    बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०७९ अनुसार घरदैलो अभियानमार्फत बस्ती तथा वडाका सबै बालवालिका, किशोरकिशोरी र अभिभावकहरूलाई बालविवाहका बिषयमा जनचेतना कार्यक्रम गर्दै सचेत गराई बालविवाह हुन नदिन र कदाचित भएमा कानुनी प्रक्रिया अबलम्बन गर्ने सहितका सुचक पूरा गरेपछि घोषणा गरिएको नगर प्रमुख गिता चौधरीले बताईन । 
    प्रतिवेदनमा बि.स ०७८ मंसिर देखी ०७९ कार्तिक सम्म वडा १ देखि ११ सम्ममा जम्मा बिवाह ३ सय ३५ भएको र त्यस मध्ये १८ बर्ष मुनीको १ वटा विवाह तथा २० बर्ष मुनीका १८ वटा विवाह मात्र भएको सुचक अनुसार ५ प्रतिशत वालबिवाह मात्र देखिएकोले ९० प्रतिशत सुचक पूरा गरेपछि घोषणा गरिएको प्रशासकिय अधिकृत सिंहले जानकारी दिए । 
    कार्यक्रममा नवनिर्वाचित प्रदेश सभा सदस्य अनिरूद्व प्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला वन कार्यालय प्रमुख हेमन्त साह, पुर्व नगरप्रमुख मुक्तीनाथ चौधरी, सेभ द चिल्ड्रेन क्षेत्रिय प्रबन्धक प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य अबधेश झा, सबल नेपालका अध्यक्ष जुना गिरी, निर्देशक दिपक झा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
राजविराज जेसीज १०० प्रतिशत  प्रभावकारिता पुरस्कारबाट सम्मानित हुँदै
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
गाउँपालिकाद्वारा सञ्चालन गरिएका क्रियाकलापहरुको अध्ययन टोलीले काम थाल्यो
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
भन्सार छलेर ल्याउँदै गरेको सूर्तीजन्य पदार्थसहित अन्य सामानहरु बरामद
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
मोटरसाइकल चोरी गरेर फरार अभियुक्तहरु  हतियार र लागु औषधसहित पक्राउ
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
एमालेले नागरिकता  विधेयकमा दोहोरो चरित्र  देखायो ः जसपा अध्यक्ष यादव
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
शम्भुनाथमा सन्तगुरु कवीर साहेबको मुर्ती अनावरण
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
नेकपाको दाहाल–नेपाल समुहद्वारा अगुवा कार्यकर्ता भेला सम्पन्न
फरार १३ जना प्रतिवादी पक्राउ 
फरार १३ जना प्रतिवादी पक्राउ 
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ
घुस लिएको आरोपमा मुद्दा  फाँटका प्रमुख ठाकुर पक्राउ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी