दैनिक समाचारदाता
राजविराज, ११ फागुन ।
सप्तरीका केही इट्टा उद्योगहरुले जनस्वास्थ्यमा गम्भीर असर पु¥याउने कार्बनको प्रयोग गरि इट्टा उत्पादन गर्ने गरेको खुलासा भएको छ ।
शनिवार साँझ इट्टा उद्योगहरुको इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा यस्तो खुलासा भएको हो ।
अनुगमनका क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित न्यु नेपाल इट्टा उद्योगबाट कार्बन बोकेको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि प्रहरीमा समेत बुझाईएको छ ।
इट्टा व्यवसासी संघका अध्यक्ष दुर्गानन्द साहको नेतृत्वमा खटिएको टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको फेला पारेपछि इट्टा उद्योग परिसरमा कार्बन बोकेको स.१त. २२९४ र स.१त. ३५३० नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा बुझाएको छ ।
कार्बनको अत्यधिक प्रयोग गरि इट्टा उत्पादन गरिरहेको गुनासोको आधारमा इट्टा पकाईरहेको बेला शनिबारराती १० बजेतिर खटिएको अनुगमन टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको पाईएपछि कार्बन बोकेको ट्रयाक्टर नियन्त्रणमा लिएर कार्वाहीका लागि प्रहरीमा बुझाएको अध्यक्ष साहले जानकारी दिए ।
इट्टा उद्योगले प्रयोग गर्ने गरेको कार्बनले मानव स्वास्थ्यमा गम्भीर असर पार्नुको साथै त्यसक्षेत्रको वातावरणमा समेत प्रतिकुल असर पर्ने खतरा रहेकोले कार्बन प्रयोगलाई निरुत्साहित गर्न अनुगमन शुरु गरिएको उनको भनाई छ ।
जनस्वास्थ्यमा असर पर्ने गरि कार्बनको प्रयोग गरेका इट्टा उद्योग कारवाहीमा
सारांश
- शनिवार साँझ इट्टा उद्योगहरुको इट्टा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय तथा सरोकारबाला निकायका प्रतिनिधिहरुको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा यस्तो खुलासा भएको हो ।
- अनुगमनका क्रममा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित न्यु नेपाल इट्टा उद्योगबाट कार्बन बोकेको दुई वटा ट्रयाक्टर नियन्त्रणमा लिई कार्वाहीका लागि प्रहरीमा समेत बुझाईएको छ ।
- इट्टा व्यवसासी संघका अध्यक्ष दुर्गानन्द साहको नेतृत्वमा खटिएको टोलीले कोईला र दाउराको साटो अत्यधिक मात्रामा कार्बनको प्रयोग गरि इट्टा उत्पादन गरिरहेको फेला पारेपछि इट्टा उद्योग परिसरमा कार्बन बोकेको स.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया