बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
४२ पटक हेरिएको
Shares
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या

सारांश

  •     जिल्लाको खड्क नगरपालिका ५ स्थित खर्चुहिया बजारमा रहेको घरभित्रै ७५ वर्षिय सबुरी साह र उनकी ६५ वर्षिया श्रीमती बेचनीदेवी साह जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
  •       हत्या गरिएका दम्पत्तिको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकोले हत्या भएको प्रहरीको दाबी छ ।
  •       सोमबार राती साह दम्पत्ति आफ्नै घरमा सुतेको तथा मंगलबार बिहान अबेर सम्म नउठेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
    सप्तरीमा एक बृद्ध दम्पत्तिलाई जिउँदै जलाएर हत्या गरिएको छ । 
    जिल्लाको खड्क नगरपालिका ५ स्थित खर्चुहिया बजारमा रहेको घरभित्रै ७५ वर्षिय सबुरी साह र उनकी ६५ वर्षिया श्रीमती बेचनीदेवी साह जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 
    हत्या गरिएका दम्पत्तिको शरीरको केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकोले हत्या भएको प्रहरीको दाबी छ । 
    सोमबार राती साह दम्पत्ति आफ्नै घरमा सुतेको तथा मंगलबार बिहान अबेर सम्म नउठेपछि स्थानियहरुले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर हेर्दा दुबै जनाको शव आगोमा जलेर खरानी भएको अवस्थामा भेटिएको सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिएका छन् । 
    स्थानियका अनुसार मृतक दम्पति मिल संचालक थिए भने व्याजमा रकम लगानी समेत गर्दै आएको स्थानीयहरुले बताएका छन् । उनीहरु सोही मिल रहेको घरमै सुत्ने गरेका थिए । 
    यता घटनाबारे सुक्ष्म अनुसन्धानका लागि प्रहरीको तालिम प्राप्त कुकुरसमेतलाई प्रयोग गरिएको तथा फोरेन्सीक स्पर्टसहितको टोली खटाइएको जिल्लाका प्रहरी प्रमुख विष्टले बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु