दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
सप्तरीको प्रसिद्ध छिन्नमस्ता, कंकालिनी भगवती, राजदेवी लगायत शक्तिपीठहरुमा श्रद्धालुको घुँइचो लाग्न थालेको छ । यस अवसरमा शक्तिपीठहरुलाई झकिझकाउ पारिएको छ भने ठाउँठाउँमा मेला लागेको छ ।
मन्दिर समिति तथा विभिन्न युवा क्लवले लाखौं रुँपैया खर्चेर शक्तिपीठहरुलाई दुलही झैं सिंगारेका छन् । प्रमुख शक्तिपीठि छिन्नमस्ता र कंकालिनी मन्दिरलाई आकर्षक र झकिझकाउ बनाउ मन्दिर समिति र युवा समितिले १० लाख भन्दा बढी रकम खर्च गरेको छ ।
दशैंको बेला नेपाल तथा छिमेकी मुलुक भारतका धर्मावलम्बीहरुको घुँइचो लाग्ने छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिरमा श्रद्धालुको पुजाआजा दर्शनका लागि आवश्यक सबै ब्यवस्था मिलाइएको छ ।
लाखौंको संख्यामा आउने झक्तजनका लागि खानेपानी, शौचालय, सुरक्षा, रात बिताउनेका लागि उपयुक्त वास स्थललगायतका सबै व्यवस्था मिलाइएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताए ।
यस वर्ष करि ६० लाख श्रद्धालु आउने अनुमान गरिएको उनको भनाई छ । यस वर्ष यहाँ करिब १५ हजार बोका बली प्रदान गरिने उनले अनुमान गरेका छन् ।
यस्तै कंकालिनीदेवी मन्दिर प्राङ्गणमा देवीको दर्शन र मन्दिरको परिसरमा हुने राँगा वली यहाँको मुख्य आकर्षण केन्द्र मानिन्छ । राँगा वली व्यवस्थापन, भक्तजनाका लागि प्रतिक्षालय, मञ्च, पण्डाल, खानेपानी, फलफुल, मिठाई तथा प्रसाद सामाग्रिको पसल, धर्मशाला लगायतका सम्पूर्ण व्यवस्था मन्दिर समितिले नै मिलाएको छ ।
सप्तरीका शक्तिपीठमा भक्तजनको घुँइचो
सारांश
- मन्दिर समिति तथा विभिन्न युवा क्लवले लाखौं रुँपैया खर्चेर शक्तिपीठहरुलाई दुलही झैं सिंगारेका छन् ।
- प्रमुख शक्तिपीठि छिन्नमस्ता र कंकालिनी मन्दिरलाई आकर्षक र झकिझकाउ बनाउ मन्दिर समिति र युवा समितिले १० लाख भन्दा बढी रकम खर्च गरेको छ ।
- दशैंको बेला नेपाल तथा छिमेकी मुलुक भारतका धर्मावलम्बीहरुको घुँइचो लाग्ने छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी मन्दिरमा श्रद्धालुको पुजाआजा दर्शनका लागि आवश्यक सबै ब्यवस्था मिलाइएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया