साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ

राजविराज राजविराज
|
बिहिबार, पौष २५, २०८१
|
|
५४ पटक हेरिएको
Shares
साहुको रकम पचाउने नियतले लुटपाटको नाटक रचेका चालक पक्राउ

सारांश

  •     दुई दिनअघि सप्तरीको राजविराज–रुपनी सडक खण्डमा बोलेरो गाडीबाट रकम लुटिएको भनी प्रहरीलाई झुठो सूचना दिएका विरगन्ज महानगरपालिका वडा नं.
  • २१ परवानीपुर बस्ने २६ वर्षिय समसोदिन आलम पक्राउ परेका हुन् ।
  •       बिरगन्जबाट साहु राज कुमार साहले राजविराज पुगि कुखुरा किन्न दिएको ३ लाख ८० हजार रुँपैया बाटोमै लुटिएको भन्दै चालक आलमले झुठो अफवाहा फैलाएको प्रहरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।

    साहुले कुखुरा किन्न दिएको रकम पचाउने बदनियतले लुटपाट भएको नाटक रच्ने एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
    दुई दिनअघि सप्तरीको राजविराज–रुपनी सडक खण्डमा बोलेरो गाडीबाट रकम लुटिएको भनी प्रहरीलाई झुठो सूचना दिएका विरगन्ज महानगरपालिका वडा नं. २१ परवानीपुर बस्ने २६ वर्षिय समसोदिन आलम पक्राउ परेका हुन् । 
    बिरगन्जबाट साहु राज कुमार साहले राजविराज पुगि कुखुरा किन्न दिएको ३ लाख ८० हजार रुँपैया बाटोमै लुटिएको भन्दै चालक आलमले झुठो अफवाहा फैलाएको प्रहरीले जनाएको छ । उनले प्रहरी र आफ्ना साहुसमेतलाई राजविराज–रुपनी सडक खण्डमा दुई वटा मोटरसाइकलमा सवार चार जना अपरिचित व्यक्तिले पेस्तोल देखाउँदै उक्त रकम लुटेको जानकारी गराएका थिए । 
    उक्त घटना बारे खबर पाए लगत्तै प्रहरी घटनास्थलमा पुगि सो बारे सुक्ष्म अनुसन्धान सुरु गरेको थियो । तर, उक्त घटनाबारे प्रहरीले घटनास्थलमा पुगि अनुसन्धान गर्दा त्यस्तो कुनै घटना नभएको निस्कर्ष निकालेको थियो । 
    त्यसपश्चात् प्रहरीले उक्त गाडीका सहचालक बाराको कलैया उपमहानगरपालिका ७ बस्ने २४ वर्षिय अमिर श्रेष्ठलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । बोल्न र सुन्न नसक्ने सहचालक श्रेष्ठलाई सोधपुछ गर्दा उनले इसारा मार्फत प्रहरीलाई चालक आलमले नै उक्त रकम घरमा राखेको जानकारी दिएका थिए ।
    सहचालक श्रेष्ठको बयानपछि प्रहरीले चालक समसोदिन आलमललाई पनि नियन्त्रणमा लिई छानबिन गर्दा उक्त रकम लुटिएको नभई आलमले घरमा लुकाई राखेको खुल्न आएपछि लुटिएको भनिएको उक्त रकम आलमको घरबाट बरामद समेत गरिएको प्रहरीले जनाएको छ । 
    पक्राउ परेका आलम उपर ठगी, अपराधिक विश्वासघात गरी झुठ्ठा अफवाह फैलाएको कसुरमा बुधबार नै सप्तरी जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरि थपअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
“समुन्नती कार्यक्रम” ले विद्यालयको भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरमा ल्यायो परिवर्तन 
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
विष्णुपुर गाउँपालिकाले बजेटको ठूलो भाग कृषि र शिक्षामा छुट्यायो, कृषि मिटरको महशुल गाउँपालिकाले नै तिर्ने निर्णय
बाटो बनाउने क्रममा बालकको मृत्यु 
बाटो बनाउने क्रममा बालकको मृत्यु 
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन
प्रतिनिनिधीसभा विघटन बिरुद्ध जसपाको प्रदर्शन
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 
ब्राउन सुगरसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित एक युवक पक्राउ
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु