दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
सप्तरीको तिरहुत गाउपालिका अध्यक्ष बिजय यादबले राष्ट्रिय समृद्व बनाउन र बिकास गर्न कुनै खाका, योजना नभएका कारण युवाहरु बैदेशिक रोजगारीमा जान बाध्य भएको बताएका छन् ।
सबल नेपालको आयोजनामा युएसएआईडीको सहयोग, द एसिया फाउन्डेशन मुख्य कार्यन्वयन संस्थाले बिहीबार संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत युवा संजालसँग पालिकास्तरिय समन्वय बैठकमा उनले सो कुरा बताएका छन ।
लघुउधम अन्तर्गत सानो सानो उधोग संचालन गरेमा युवाहरूको रोजगारको ग्यारेन्टी हुने बिश्वास ब्यक्त गर्दै उनले सामाजिक बिकृतिमा रहेको लागु औषध, दहेज प्रथा, बालविवाह, हिंसा हटाउन युवा संजाल सक्रिय हुनुपर्नेमा जोड समेत दिए ।
पालिकास्तरिय युवा संजालका अध्यक्ष रामकुमार रजकले तिरहुत गाउपालिकाको सामुदायिक बिधालयहरूको शिक्षा र स्वास्थ सेवामा निकै कमजोर रहेकोले स्थानिय सरकार गम्भीर हुनु पर्नेमा जोड दिए ।
सबल नेपालले नाागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत जिल्लाको १८ वटै पालिकामा युवा संजाल गठन भई युवाहरूको अधिकार, न्यायमा पहुच, क्षमता बिकास तथा साझा सवालमा बकालत अभियान कार्यक्रम गर्दै आएको सबल नेपालका कार्यक्रम अधिकृत सवनम यादबले जानकारी दिईन ।
नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत पालिकास्तरिय युवा संजालहरूको अगुवाईमा युवाको साझा सवाल र सामाजिक मुद्वामा बकालत अभियान कार्यक्रम जिल्लाको १५ वटा पालिकामा सम्पन्न गरेको ब्यबस्थापक यादबले बताए ।
कार्यक्रममा वडा ४ का अध्यक्ष बलराम यादब, शिक्षा संयोजक धनेश्वर यादब, स्वास्थ संयोजक रमेश यादबलगायतले मन्तव्य दिएका थिए ।
ठोस योजना नभएका कारण युवाहरू बिदेशिदै ः अध्यक्ष यादब
सारांश
- सबल नेपालको आयोजनामा युएसएआईडीको सहयोग, द एसिया फाउन्डेशन मुख्य कार्यन्वयन संस्थाले बिहीबार संचालन गरेको नागरिक, समाज तथा संचार कार्यक्रम अन्तर्गत युवा संजालसँग पालिकास्तरिय समन्वय बैठकमा उनले सो कुरा बताएका छन ।
- लघुउधम अन्तर्गत सानो सानो उधोग संचालन गरेमा युवाहरूको रोजगारको ग्यारेन्टी हुने बिश्वास ब्यक्त गर्दै उनले सामाजिक बिकृतिमा रहेको लागु औषध, दहेज प्रथा, बालविवाह, हिंसा हटाउन युवा संजाल सक्रिय हुनुपर्नेमा जोड समेत दिए ।
- पालिकास्तरिय युवा संजालका अध्यक्ष रामकुमार रजकले तिरहुत गाउपालिकाको सामुदायिक बिधालयहरूको शिक्षा र स्वास्थ सेवामा निकै कमजोर रहेकोले स्थानिय सरकार गम्भीर हुनु पर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया