सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते 

राजविराज राजविराज
|
शुक्रबार, आषाढ ५, २०७७
|
|
६१ पटक हेरिएको
Shares
सर्पदंशबाट दुई दिनमा दुईको मृत्यु, चार घाइते 

सारांश

  •     उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
  •  बिहीबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका बनरझुल्ला टोलकी १९ वर्षिया कंचनकुमारी रायको सर्पदंशबाट मृत्यु भएको थियो ।
  •     शुक्रबार भने सर्पले डसेर भर्ना भएकी राजविराज नगरपालिका ९ मलेठ की ४० वर्षिया सरस्वती मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ५ असार । 
    कोरोना संक्रमणसँगै सप्तरीमा सर्पदंशको घटनामा पनि बृद्धि भएको छ । दुई दिन यता सर्पको डसाईबाट दुई महिलाको मृत्यु भएको छ भने शुक्रबार एकै दिन दुई महिलासहित चार जना सर्पको डसाईमा परेका छन् । 
    उनीहरु सबैको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।  बिहीबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका बनरझुल्ला टोलकी १९ वर्षिया कंचनकुमारी रायको सर्पदंशबाट मृत्यु भएको थियो ।
    शुक्रबार भने सर्पले डसेर भर्ना भएकी राजविराज नगरपालिका ९ मलेठ की ४० वर्षिया सरस्वती मेहताको उपचारको क्रममा मृत्यु भएको हो ।
    यस्तै शुक्रबारै सर्पले डसेर उपचारका लागि भर्ना हुनेहरुमा राजविराज नगरपालिका ११ की पुष्पा मण्डल, राजगढ गाउँपालिका ३ की प्रमिला यादव, डाक्नेश्वरी नगरपालिका ७ का रामकुमार मण्डल र अग्निसाइर कृष्णासवरण गाउँपालिका ३ का महिनारायण चौधरी छन् । 
    अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. रन्जित झाले उनीहरुको अवस्था खतरामुक्त रहेको बताउँदै सर्पदंशको घटना ह्वातै बढेपछि अस्पतालमा एन्टी स्नेकभेनम नामक औषधी स्टक गरिएको जानकारी दिए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात सय गाँजाको बोट नष्ट
सात सय गाँजाको बोट नष्ट
विभिन्न पुरस्कारबाट  तीन पत्रकार सम्मानित
विरामी र बालबालिकालाई फलफूल वितरण
विरामी र बालबालिकालाई फलफूल वितरण
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
ट्रकले ठक्करबाट मोटरसाइकल  सवार युवकको घटनास्थलमै मृत्यु 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
स्थानिय निकाय कर्मचारी सहिद प्रभुको शालिकमा माल्यार्पण 
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
 विद्यालयको फलामे ढोकाले किचिएर बालकको मृत्यु
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
जंगली हात्तिको आंतक कायमै, दुई दिनमा डेढ दर्जन घर भत्काए, लाखौंको क्षति
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
जिल्लाको विकासका लागी समन्वय  समितिद्वारा ४० बुंदे खाका सार्वजनिक
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी