जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक

राजविराज राजविराज
|
बुधबार, मंसिर २६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक

सारांश

  •     मुलुकमा सशस्त्र गतिविधी गरिरहेका विभिन्न भूमिगत समूहसँग सरकारद्वारा सोम प्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोली समक्ष मोर्चाले हतियार बिसाएका हुन् ।
  •       जयकृष्ण गोइतसँग अलग भएर अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी) का संयोजक अविनाश भनिने उपेन्द्र प्रसाद यादवको संयोजकमा नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानी प्रसाद अगरिया, बद्री यादव, मो.
  • सफिद, देवेन्द्र खड्गा, सिरहाका संजय कुमार यादवद्वय, र फुल कुमार यादव गरि ११ जनाले सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पाण्डेलाई १३ थान हतियार बुझाएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 
    तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बुधबार राजविराजमा सरकारी वार्ता टोली समक्ष हतियार बिसाएका छन् । हतियार बिसाएसँगै मोर्चाका ११ जना केन्द्रिय सदस्य समेत सार्वजनिक भएका छन् । 
    मुलुकमा सशस्त्र गतिविधी गरिरहेका विभिन्न भूमिगत समूहसँग सरकारद्वारा सोम प्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोली समक्ष मोर्चाले हतियार बिसाएका हुन् ।  
    जयकृष्ण गोइतसँग अलग भएर अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी) का संयोजक अविनाश भनिने उपेन्द्र प्रसाद यादवको संयोजकमा नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानी प्रसाद अगरिया, बद्री यादव, मो. सफिद, देवेन्द्र खड्गा, सिरहाका संजय कुमार यादवद्वय, र फुल कुमार यादव गरि ११ जनाले सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पाण्डेलाई १३ थान हतियार बुझाएका हुन् । 


    बुझाइएको हतियारहरुमा कटुवा पेस्तोल १० थान, लामो नलकटुवा १ थान, रिभल्वर २ थान, कटुवा पेस्तोलमा लाग्ने गोली १० थान र डेटोनेटर एक थान रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलले जानकारी दिए । 
    विगत लामो समयदेखी राजनीतिक मुद्दा लिएर तराईमा हतियारसहित संघर्षरत रहेका मोर्चाका संयोजक अविनाशले गोइत नेतृत्वको मोर्चामा आवद्ध १५ केन्द्रिय सदस्य मध्ये ११ केन्द्रिय सदस्य अलग भएर सरकारसँग वार्ता पश्चात् निसस्त्र र तराईका मुद्दाहरुबारे खुल्ला राजनीति गर्ने बताए । 
    त्यस्तै सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पोण्डेले मोर्चासँग पहिलो वार्ता २०७५ साउन ५ गते लहान ६ बुँदे सहमति भएपश्चात् बुधबार सप्तरीमा उनीहरुले हतियार बुझाएर निशस्त्र राजनीतका लागि वातावरण बनेको जिकिर गरे । 


    उनले मुलुकभरी विगतमा ४५ वटा सशस्त्र समूह रहेकोमा २२ वटासँग आनन्द ढुंगाना नेतृत्वको सरकारी वर्ता टोली वार्ता गरेर हतियार बुझाइसकेको जानकारी दिए । सरकारी वार्ता टोली संयोजक पोण्डेले हाल २५ वटा सशस्त्र समूह गतिविधमा सक्रिय रहेकोले अधिकांशसँग वार्ता भइसकेको बताए । 
    सो अवसरमा सरकारी वार्ता टोलीका सदस्यहरु सुरेश आले मगर र ताराकान्त चौधरी, राष्ट्रिय सभा सदस्य समुनराज प्याकुरेल, प्रदेश सभा सदस्य गोबिन्द बहादुर न्यौपाने, सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्रका प्रहरी उपरिक्षकलगायत अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
एकै गाउँको दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु 
सूर्यनाथ पुन: माओवादीमै फर्किए
सूर्यनाथ पुन: माओवादीमै फर्किए
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते
सप्तरीको कञ्चनरुपमा यात्रुबाहक बस दुर्घट्ना, तीनको मृत्यू दुई दर्जन घाईते
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
स्वास्थ्यकर्मी संघ संगठनद्वारा लागु औषधमा पक्राउ  परेका स्वास्थ्य अधिकृत ठाकुरको रिहाईको माग
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
उज्यालो नेपालका उम्मेदवारले सार्वजनिक गरे घोषणापत्र
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
मजदुर दिवसकै दिन सप्तरीका एक यूवकको मलेशियामा मृत्यु