जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक

राजविराज राजविराज
|
बुधबार, मंसिर २६, २०७५
|
|
७१ पटक हेरिएको
Shares
जनतान्त्रिकले सरकारी वार्ता टोली समक्ष बुझाए हतियार, हतियारसँगै ११ जना केन्द्रिय सदस्य सार्वजनिक

सारांश

  •     मुलुकमा सशस्त्र गतिविधी गरिरहेका विभिन्न भूमिगत समूहसँग सरकारद्वारा सोम प्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोली समक्ष मोर्चाले हतियार बिसाएका हुन् ।
  •       जयकृष्ण गोइतसँग अलग भएर अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी) का संयोजक अविनाश भनिने उपेन्द्र प्रसाद यादवको संयोजकमा नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानी प्रसाद अगरिया, बद्री यादव, मो.
  • सफिद, देवेन्द्र खड्गा, सिरहाका संजय कुमार यादवद्वय, र फुल कुमार यादव गरि ११ जनाले सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पाण्डेलाई १३ थान हतियार बुझाएका हुन् ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 
    तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले बुधबार राजविराजमा सरकारी वार्ता टोली समक्ष हतियार बिसाएका छन् । हतियार बिसाएसँगै मोर्चाका ११ जना केन्द्रिय सदस्य समेत सार्वजनिक भएका छन् । 
    मुलुकमा सशस्त्र गतिविधी गरिरहेका विभिन्न भूमिगत समूहसँग सरकारद्वारा सोम प्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोली समक्ष मोर्चाले हतियार बिसाएका हुन् ।  
    जयकृष्ण गोइतसँग अलग भएर अविनाश नेतृत्वको जनतान्त्रिक तराई मुक्त मोर्चा (क्रान्तिकारी) का संयोजक अविनाश भनिने उपेन्द्र प्रसाद यादवको संयोजकमा नथुनी यादव, रामपुकार साह, योगेन्द्र यादव, भवानी प्रसाद अगरिया, बद्री यादव, मो. सफिद, देवेन्द्र खड्गा, सिरहाका संजय कुमार यादवद्वय, र फुल कुमार यादव गरि ११ जनाले सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पाण्डेलाई १३ थान हतियार बुझाएका हुन् । 


    बुझाइएको हतियारहरुमा कटुवा पेस्तोल १० थान, लामो नलकटुवा १ थान, रिभल्वर २ थान, कटुवा पेस्तोलमा लाग्ने गोली १० थान र डेटोनेटर एक थान रहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र प्रसाद पौडेलले जानकारी दिए । 
    विगत लामो समयदेखी राजनीतिक मुद्दा लिएर तराईमा हतियारसहित संघर्षरत रहेका मोर्चाका संयोजक अविनाशले गोइत नेतृत्वको मोर्चामा आवद्ध १५ केन्द्रिय सदस्य मध्ये ११ केन्द्रिय सदस्य अलग भएर सरकारसँग वार्ता पश्चात् निसस्त्र र तराईका मुद्दाहरुबारे खुल्ला राजनीति गर्ने बताए । 
    त्यस्तै सरकारी वार्ता टोली संयोजक सोम प्रसाद पोण्डेले मोर्चासँग पहिलो वार्ता २०७५ साउन ५ गते लहान ६ बुँदे सहमति भएपश्चात् बुधबार सप्तरीमा उनीहरुले हतियार बुझाएर निशस्त्र राजनीतका लागि वातावरण बनेको जिकिर गरे । 


    उनले मुलुकभरी विगतमा ४५ वटा सशस्त्र समूह रहेकोमा २२ वटासँग आनन्द ढुंगाना नेतृत्वको सरकारी वर्ता टोली वार्ता गरेर हतियार बुझाइसकेको जानकारी दिए । सरकारी वार्ता टोली संयोजक पोण्डेले हाल २५ वटा सशस्त्र समूह गतिविधमा सक्रिय रहेकोले अधिकांशसँग वार्ता भइसकेको बताए । 
    सो अवसरमा सरकारी वार्ता टोलीका सदस्यहरु सुरेश आले मगर र ताराकान्त चौधरी, राष्ट्रिय सभा सदस्य समुनराज प्याकुरेल, प्रदेश सभा सदस्य गोबिन्द बहादुर न्यौपाने, सप्तरीका प्रहरी प्रमुख राजेन्द्र विष्ट, सशस्त्रका प्रहरी उपरिक्षकलगायत अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
हावाहुरीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली एवं दिप प्रज्वलन
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य असोजबाट हुने
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि 
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
बैकिङ कसुरका फरार प्रतिवादी पक्राउ
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
आत्महत्याको घटना रोकिएन्, थप एकले ज्यान गुमाए
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने
पठनपाठनमा कठिनाई हुने गरेको भन्दै बिधालयको बाउण्ड्री वाल निर्माण हुने

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी