दैनिक समाचारदाता
राजविराज, २८ माघ ।
मलाहहरुको हक अधिकारको सन्दर्भमा २० बुदे माग राखि थालिएको रिले अनसन सोमबार चौथो दिन पनि जारि छ ।
मलाह समुदायका अगुवाहरुले मत्स्य मन्त्रालयको स्थापना सहित विभिन्न २० बुँदे माग अघि सार्दै कोशी बाँधमा थालेको अनिश्चितकालिन रिले अनसनलाई सामबार पनि जारि राखेको हो ।
मलाह जातीको जातीय संगठन नेपाल मलाह कल्याण संघको अगुवाईमा माघ २५ गतेदेखी कोशी बाँधमा मञ्च निर्माण थालिएको अनिश्चितकालिन रिले अनसनमा सोमबार १३ जनाले सहभागिता जनाएका छन् ।
अनशनको चौथो दिन बुधाई मुखियाको नेतृत्वमा इन्द्रजित मुखिया, सुखीलाल मुखिया, महेश मुखिया, उमेश मुखिया, धर्मदेव मुखिया, सुकदेव मुखिया, दिपक मुखिया, रामदेव मुखिया, रामदेव मुखिया, प्रभु मुखिया, हेमु मुखिया र रामचन्द्र मुखिया लगायत १३ जना रिले अनसनमा वसेका छन ।
सरकारी स्वामित्वमा रहेका मत्स्य फारम, सीमसार र रिजभ्र्यार आदीमा मलाह जातीलाई ५० प्रतिशत आरक्षण, संघीय र प्रदेशमा मत्स्य मन्त्रालयको स्थापना, मलाह जातीका बालबालिकालाई स्नातकोत्तर सम्म निःशुल्क शिक्षा र जग्गाविहीन मलाहलाई जग्गाको व्यवस्था गरिनु पर्ने मागहरु अघि सार्दै अनिश्तिकालिन रिले अनसन शुरु गरिएको अनसनकारी मध्येका अगुवा भोला मुखियाले बताए ।
यस्तै सरकारले लगाउदै आएको पोखरी, नदी, दह, खोलानाला, तालतलैया, तारघाट र नदीमा बागी आएको काठ दाउरा संकलन लगायतका ठेक्का कार्य मलाह जातीलाई मात्र दिनु पर्ने, जलसेनाको स्थापना गरी ५० प्रतिशत मलाह जातीको सेना राखिनु पर्ने लगायतका २० बुंदे माग संघले अघि सारेको उनले जानकारी दिए ।
यस अघि २०६४ साल देखी २० बुंदे माग सहित पटक पटक तत्कालिन सरकारका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएपनि आश्वासन बाहेक केही नपाइएको उनीहरुको गुनासो छ । पछिल्लो पटक पुष १८ गते प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएपनि माग सम्बोधनको कुनै पहल नभएकाले बाध्य भई संघर्षको बाटो रोज्नु परेको संघका मुखियाको भनाई छ ।
अनिश्चितकालिन रिले अनसनबाट पनि आपृmुहरुको माँग उपर सुनवाई नभए दोश्रो चरणमा आन्दोलनका थप शसक्त कार्यक्रमहरु अघि बढाइने नेपाल मलाह कल्याण संघले जनाएको छ ।
मलाह कल्याण संघले थालेको रिले अनसन चौथो दिन पनि जारि
सारांश
- मलाह समुदायका अगुवाहरुले मत्स्य मन्त्रालयको स्थापना सहित विभिन्न २० बुँदे माग अघि सार्दै कोशी बाँधमा थालेको अनिश्चितकालिन रिले अनसनलाई सामबार पनि जारि राखेको हो ।
- मलाह जातीको जातीय संगठन नेपाल मलाह कल्याण संघको अगुवाईमा माघ २५ गतेदेखी कोशी बाँधमा मञ्च निर्माण थालिएको अनिश्चितकालिन रिले अनसनमा सोमबार १३ जनाले सहभागिता जनाएका छन् ।
- अनशनको चौथो दिन बुधाई मुखियाको नेतृत्वमा इन्द्रजित मुखिया, सुखीलाल मुखिया, महेश मुखिया, उमेश मुखिया, धर्मदेव मुखिया, सुकदेव मुखिया, दिपक मुखिया, रामदेव मुखिया, रामदेव मुखिया, प्रभु मुखिया, हेमु मुखिया र रामचन्द्र मुखिया लगायत १३ जना रिले अनसनमा वसेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया