दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले विगतका कमिकमजोरीहरु सुधार गर्दै नयाँ नयाँ सेवा बिस्तार गर्न लागिपरेको छ ।
अस्पताल प्रशासनले बुधबार विगत ६ महिनाको सेवा र सुविधा सुधारका लागि भएका काम, भावी योजना तथा चुनौती बारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
विगतमा रेफरल सेन्टरको उपाधी पाएको यस अस्पतालले आफ्नो छबी सुधार गर्दै अहिले प्रभावकारी सुविधा तथा सेवा प्रदान गर्न थालेपछि बिरामीको विश्वास समेत जितेको छ ।
आयोजित पत्रकार सम्मेलनमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले विगत ६ महिनाको अवधीमा अस्पताल सुधारका लागि गरिएका कार्यहरु सार्वजनिक गरेका छन् ।
यसअवधीमा अस्पतालमा सिटि स्क्यान सेवाका लागि भवन मर्मत सम्भार र सिटि स्क्यान जडान गरि सेवा सूचारु गरिएको जनाइएको छ । त्यस्तै आइसियु सेवा एक महिनाभित्र संचालनमा ल्याउने गरि कार्य अन्तिम चरणमा पुगेको डा. झाले जानकारी दिए ।
यस्तै आधुनिक पोष्टमार्टम भवन (रेफ्रिजेरेटर क्याबिनेटसहित), कोभिड अस्पतालका लागि २५ वेडको एचडियु सेवाको काम, कंगारु मदर केयरका लागि आवश्यक व्यवस्थापन कार्य सुरु र तीन सय केभिएको ट्रान्सफरमर जडान गरिएको छ ।
यसबाहेक अस्पतालमा रिक्त जनशक्ति करार सेवामा विज्ञापनमार्फत पदपूर्ती गरिएको उनले बताए । अस्पतालले यसअघि सेवा दिन असमर्थ रहेका दर्जनौं जटिल प्रकृतीको शल्यक्रिया र बिरामीको उपचार गर्न सफल भएको छ ।
डा. झाले कोभिड १९ का लागि पिसिआर ल्याब स्थापनासँगै आवश्यक जनशक्ति करारमा भर्ना गरि सेवालाई बिस्तार गरिएको बताउँदै अस्पताल प्रवेश गर्ने सडक, कुरुवा घर निर्माणका साथै वर्षैदेखी अस्पतालमा काम नलाग्ने कवाडी अवस्थामा राखिएका सरसामान लिलामी गर्ने प्रक्रिया समेत अघि बढाइएको जानकारी पनि दिए । यतिमात्र नभएर अस्पतालले भावी दिनमा व्यवस्थित क्यान्टिन निर्माण, एटिएम जडान तथा बैंक बिलिङ काउन्टरको स्थापना, प्रहरी बिटलाई व्यवस्थित र अस्पताल मातहतमा रहेका सटरहरुको मर्मत गरि भाडामा लगाउने तथा सरसफाईलाई व्यवस्थित गर्न टेन्डर प्रक्रिया लगायतका कार्यक्रमहरु समेत अघि बढाइएको उनको भनाई छ ।
स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई व्यवहारमा सुधार ल्याउन र नागरिक मैत्री बनाउन आवश्यक तालिमको व्यवस्था समेत गर्न लागिएको जानकारी दिदै डा. झाले सबैको सकारात्मक सहयोगले सुधार सम्भव हुँदै गएको जिकिर गरे ।
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
सारांश
- अस्पताल प्रशासनले बुधबार विगत ६ महिनाको सेवा र सुविधा सुधारका लागि भएका काम, भावी योजना तथा चुनौती बारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।
- विगतमा रेफरल सेन्टरको उपाधी पाएको यस अस्पतालले आफ्नो छबी सुधार गर्दै अहिले प्रभावकारी सुविधा तथा सेवा प्रदान गर्न थालेपछि बिरामीको विश्वास समेत जितेको छ ।
- आयोजित पत्रकार सम्मेलनमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया