सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका

राजविराज राजविराज
|
आइतबार, जेठ ८, २०७९
|
|
४७ पटक हेरिएको
Shares
सप्तरीमा पाँच पालिकासहित काँग्रेस पहिलो, एमाले, जसपा र लोसपा तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसलाई एक÷एक पालिका

सारांश

  •     त्यस्तै एमाले, जसपा र लोसपाले तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसले एक÷एक पालिकामा जित हासिल गरेको छ ।
  •       घोषित परिणााम अनुसार जिल्लामा नेपाली काग्रेसले ३ नगरपालिका सहित ५ पालिका जितेर पहिलो स्थान हासिल गरेको हो ।
  • यस्तै जसपाले २ नगरपालिकासहित ३ पालिका, एमालेले १ नगरपालिका सहित ३ पालिका तथा लोसपाले ३ गाउँपालिकाको प्रमु्ख पदमा जित हात पारेको छ ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 
    सप्तरीको १८ वटै पालिकाको अन्तिम परिणाम आइतबार सार्वजनिक भएको छ । प्राप्त अन्तिम परिणाम अनुसार पाँच पालिकासहित काँग्रेस पहिलो स्थान हासिल गरेको छ । 
    त्यस्तै एमाले, जसपा र लोसपाले तीन÷तीन, जनमत दुई तथा माओवादी र नेकपा एसले एक÷एक पालिकामा जित हासिल गरेको छ । 
    घोषित परिणााम अनुसार जिल्लामा नेपाली काग्रेसले ३ नगरपालिका सहित ५ पालिका जितेर पहिलो स्थान हासिल गरेको हो । यस्तै जसपाले २ नगरपालिकासहित ३ पालिका, एमालेले १ नगरपालिका सहित ३ पालिका तथा लोसपाले ३ गाउँपालिकाको प्रमु्ख पदमा जित हात पारेको छ । 
    यस्तै जनमत पार्टीले १ नगरपालिकासहित २ तथा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समावादीले १÷१ नगरपालिकामा जित हासिल गरेको छ । 
    नेपाली काँग्रेसले सप्तकोशी नपा, कंचनरुप नपा, सुरुङ्गा नपा, तिरहुत गापा र तलाठी कोइलाडी गापा, जसपाले राजविराज नपा, विष्णुपुर गापा र बोदेबरसाइन नपा, नेकपा एमाले डाक्नेश्वरी नपा, अग्निसाइर कृष्णासवरण गापा र राजगढ गापा, लोसपा महादेवा गापा, छिन्नमस्ता गापा र रुपनी गापा, 
    जनमतले हनुमाननगर कंकालिनी नपा र बलानबिहुल गापा, माओवादी केन्द्रले खडक नपा तथा नेकपा एसले शम्भुनाथ नपामा जित हासिल गरेको हो । 
    आईतवार घोषित अन्तिम परिणाम अनुसार डाक्नेश्वरी नगरपालिकाको मेयर उपमेयर दुबै पद एमालेले तथा रुपनी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद लोसपाले जितेको छ । 
    यस्तै छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पद लोसपाले तथा उपाध्यक्ष पद माओवादी केन्द्रले हात पारेको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
छिन्नमस्तामा वडा स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु
कैद सजाय तोकिएका  खंग कारागार चलान
कैद सजाय तोकिएका  खंग कारागार चलान
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
दलित समुदायको विकास र सशक्तीकरणका लागि थप बजेट विनियोजन गर्ने प्रतिवद्धता 
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
ढलान गर्न लागिएको बाटोको शिलान्यास 
ढलान गर्न लागिएको बाटोको शिलान्यास 
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
जसपाको समानान्तर कमिटि तमलोपामा समाहित
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
तिलाठी कोइलाडी गापाका अध्यक्ष र उपाध्यक्षबीचको विवाद बल्झिदै, उपाध्यक्षले पाउने अधिकार सबै दिएकै हुँ ः अध्यक्ष सिंह
नीति अनुसार काम हुन नसक्दा मुलुकको  विकास अन्यौलमा ः मुख्यमन्त्री राउत
लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी 
लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी