दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार

दैनिक संवाददाता दैनिक संवाददाता
|
आइतबार, श्रावण ३१, २०८३
|
|
१०८ पटक हेरिएको
Shares
दोश्रो पटक छोरी जन्माएको निहुँमा बुहारीको हत्या गरेको अभियोगमा ससुरा पक्राउ, श्रीमानसहित ५ जना अझै फरार

सारांश

  • दोश्रो पटक पनि छोरी नै जन्माएको निहुँमा बुहारीलाई विष खुवाई हत्या अपराध गरेको अभियोगमा ससुरा दास पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  • उक्त घट्नाका अन्य आरोपित शिव कुमारीका श्रीमान् लालो प्रसाद दास, देवर संजिव, धनेश्वर, नन्द भुटनी देवी र सासु सीता देवी अझै फरार छन ।
  • सप्तरी जिल्ला अदालतबाट उनीहरु बिरुद्ध पनि पक्राउ पूर्जी जारि भएकाले खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचन टोलका ५५ वर्षिय बद्री दास २५ वर्षिया बुहारी शिव कुमारी दासको हत्या गरेको अभियोगमा पक्राउ परेका छन ।
दोश्रो पटक पनि छोरी नै जन्माएको निहुँमा बुहारीलाई विष खुवाई हत्या अपराध गरेको अभियोगमा ससुरा दास पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उक्त घट्नाका अन्य आरोपित शिव कुमारीका श्रीमान् लालो प्रसाद दास, देवर संजिव, धनेश्वर, नन्द भुटनी देवी र सासु सीता देवी अझै फरार छन । सप्तरी जिल्ला अदालतबाट उनीहरु बिरुद्ध पनि पक्राउ पूर्जी जारि भएकाले खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।
पाँच वर्ष अघि भएको उक्त घट्ना पछी फरार भएका दासलाई गोप्य सुचनाका आधारमा विहीवार राती इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक श्याममणी पोखरेलको कमाण्डमा खटेको टोलीले घर मै लुकी छिपी वसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बद्री दासलाई विष सेवनबाट कर्तब्य ज्यान कसुरमा शुक्रवार सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमराज घिमिरेले बताए ।
उनी सहित ६ जना विरुद्ध मृतक शिव कुमारीका वुवा रामदेवले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडोरबोनामा मुद्धा दर्ता भएको थियो । प्रहरी नायब उपरिक्षक घिमिरेका अनुसार २०७७ साल कार्तिक १७ गते राती उक्त घट्ना भएको थियो । शिव कुमारीले घटनाको एक महिना अघि मात्र दोश्रो छोरी जन्माएकी थिइन ।
छोरी मात्र जन्माएको निहुँमा २५ वर्षिया शिव कुमारीलाई सासु, ससुरा, श्रीमान्, देवर र नन्द सबै मिलेर पटक÷पटक यातना दिने, कुटपिट गर्ने तथा २०७७ कात्तिक १७ गते सबै मिलेर उनलाई जबरजस्ती विष सेवन गराई हत्या गरेको अनुसन्धानबाट खुलेको थियो ।
त्यसपछि उनीहरु सबै फरार भएका थिए । बद्री भने गाउँ फर्केको र घर मै लुकी छिपी वसिरहेको गोप्य सुचना प्राप्त भएपछि पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । सप्तरीको कंचनरुप नगरपालिका ३ बरमझिया माइत रहेकी शिव कुमारीको दुई छोरी मध्ये ९ वर्षिया जेठी छोरी अहिले आफूसँगै रहेको तथा पाँच वर्षिया कान्छी छोरी ज्वाईकै परिवारले राखेको हजुरबुबा रामदेवले सुनाए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ